रेग्मीलाई चेतावनी दिन प्रचण्ड बालुवाटारमा
२१ चैत,काठमाडौ। अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा संविधानसभा चुनावको मिति घोषणा, त्यसका लागि सरकार र दलहरुले गर्ने तयारीका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । संविधानसभाको चुनाव घोषणा नगरेको विषयमा एकीकृत माओवादी सरकारसँग असन्तुष्ट भएको बताइएको बेला अध्यक्ष प्रचण्ड अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् ।
एमाओवादी पार्टी स्रोतका अनुसार प्रचण्ड रेग्मीलाइ चेतावनी दिन बालुवाटार पुगेका हुन।
एमाओवादी पार्टी भित्र असारमा चुनावको लागि आवश्यक पहल नगरेको भन्दै रेग्मीको आलोचना बढ्दै गएको बताएको छ। एमाओवादी केन्द्रिय समितिको बैठकमा सरकारले आफ्नो मुख्य दायित्व भुलेको समेत आरोप लागेको छ।
केन्द्रीय समिति बैठकमा दाहालले निर्वाचन आयोगको तयारी पनि सुस्त भएको, कांग्रेस, एमालेले पनि नचाहेकाले असारको निर्वाचन टार्ने प्रयास भइरहेको बताएका थिए ।
असारमा चुनावको मिति घोषणा नभएमा एमाओवादीले जनप्रदर्शनको समेत तयारी गरेको बुझिएको छ। प्रचण्डले रेग्मीलाई असारमै चुनावको मिति घोषणा गर्ने सूझाव दिने बताइएको छ।
|