चैत ८ । भारतको मुम्बईमा सन् १९९३ मा भएको शृङ्खलावद्ध विस्फोटसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले बलिउड नायक सञ्जय दत्तलाई जेल सजाय सुनाएको छ । आदालतको फैसला अनुसार उनले अब पाँच वर्ष जेलमा बस्नु पर्नेछ । उनले १८ महिना र केही दिन जेलमा बिताइसकेको हुनाले अब लगभग साढे तीन वर्ष अझै जेलमा बस्नुपर्नेछ । सर्वोच्चले उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|