फरक भनिने कलाकारको प्रेम र सम्बन्ध टिकेन

नेपालमा पछिल्लो समय आएका केही कलाकारहरु आफूलाई अरु भन्दा फरक भन्न पछि पर्दैनन् । नायक विनय श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, कर्मा यो सूचिमा देखिन्छन् । यस्तै नायिकाहरुको सूचिमा निशा अधिकारी, क्रृचा शर्मा, नम्रता श्रेष्ठको नाम पनि अग्रस्थानमा आउँछ । नायक विनय श्रेष्ठले त आफूलाई नेपालको अमिर खान नै भएको घोषणा गरे । चलचित्र ‘भिसा गर्ल’ को प्रदर्शन समयमा विनयले आफूलाई नेपालको अमिर खान भएको बताउँदै सिनेमा कम र छानेर खेल्ने उद्घोष गरे । तर उनले खेलेका अधिकांश सिनेमाले निर्माताको घर डुबाएका छन् । यो सूचिमा विनयकी पुर्व प्रेमिका क्रृचा शर्मा पनि पर्छिन् ।

क्रृचा पनि आफूलाई फरक धारको कलाकार भन्दै मुलधारका सिनेमामाथी नाक खुम्च्याउने गर्छिन् ।तर विनय र क्रृचाको लामो समयसम्म चलेको प्रेमसम्बन्धमा विश्राम लागेको छ । विनय र क्रृचाको प्रेममा दरार चलचित्र ‘भिसा गर्ल’ को असफलतासँगै सुरु भएको हो । अहिले यि दुई आ आफ्नो बाटो लागिसकेका छन् ।आफूलाई फरक धारको बताउँदै मुलधारका सिनेमामाथी नाक खुम्च्याउने नायिका निशा अधिकारी र निर्देशक निरक पौडेलको प्रेम पनि टिकेन । हुनत अहिले निरकले अर्कै युवतीसँग बिहे गरी घरजम गरिसकेका छन् । तर फरक धारको बताएर सिनेमा नगरीमा टिक्न नसक्ने अवस्था आएपछि निशा मुलधारतर्फ फर्किसकेकी छिन् । 

असफल प्रेमको सूचिमा नायिका नम्रता श्रेष्ठ र नव नायक रेमनदाश श्रेष्ठको जोडी पनि पर्दछ । नायिका श्रेष्ठको अश्लिल भिडियो सार्वजनिक भएपछि यि दुइको जोडी फाटेको हो । हाल नम्रता प्रेम घले नामक युवासँगको प्रेममा चुर्लुम्ब डुबेकी छिन् ।एउटै सोचाइ र एकै बाटोबाट सिने नगरीमा प्रवेश गरेका यि कलाकारहरु अहिले फरक फरक दिशामा मोडिएका छन् । निशा र नम्रताले मुलधारका सिनेमामा आफूलाई जोड्न थालेका छन् । तर विनय र क्रृचाको प्रेम सम्बन्ध फाँटे पनि सोचाई भने फाटेको छैन । विश्वमै आफूलाई फरक धारको बताउने कलाकारको करिअर सोचेअनुसार उचाइमा पुगेको देखिदैन ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger