गर्भावस्थामा खानैपर्ने खानेकुरा

गर्भावस्थामा खानैपर्ने खानेकुरा 
 महिलामा गर्भावस्था निकै महत्वपूर्ण हुन्छ । त्यसकारण गर्भावस्थाका बेला निकै सावधानी पनि अपनाउनुपर्ने हुन्छ । यी दिनमा के गर्ने तथा के कस्ता खानेकुरा खाने भन्ने कुराले ठूलो महत्व राख्छ । गर्भवती महिलाका लागि आफ्नो भोजनमा प्रोटिन, आइरन तथा क्याल्सियम तत्व पर्याप्त हुनु आवश्यक छ । गर्भवती महिलाले सन्तुलित भोजन गर्ने हो भने आमा र गर्भको बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ । महिलाले गर्भावस्थामा खानैपर्ने केही खानेकुरा यी हुन् : ·
 पालुंगोको साग – पालुंगोको सागमा क्याल्सियम तथा आइरन तत्व प्रचुर मात्रामा पाइन्छ । यसले आमाको सरीरमा रगतको कमी हुन दिँदैन र गर्भको बच्चा पनि स्वस्थ रुपमा हर्ुर्किन्छ । · बदाम- बदाममा प्रोटिन, भिटामिन इ तथा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ ।

 · कुखुराको मासु-कुखुराको मासुमा प्रोटिनका साथै आइरन पनि पर्याप्त मात्रामा पाइन्छ ।

· भिण्डी-यसमा फोलिक एसिड पाइन्छ । जसले सुत्केरीका बेला हुने पीडालाई कम गर्नुका साथै मधुमेहको जोखिम पनि कम गर्छ ।

 · सुन्तला-यसमा प्रसस्त भिटामिन सी तथा फोलिक एसिड समेत पाइन्छ । · ब्रोकाउली-ब्रोकाउलीमा पर्याप्त मात्रामा आइरन पाइन्छ ।

 · अण्डा-अण्डामा प्रोटिन, भिटामिन डी तथा क्याल्सियम तत्व पाइन्छ ।

 · माछा-माछामा क्याल्सियम, ओमेगा थ्री फ्याट्टी एसिड तथा भिटामिन डी पाइन्छ । 

· दही-दही पनि गर्भवती महिलाका लागि निकै लाभदायक मानिन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger