चीनले जन्माउँदैछ हाइब्रीड बच्चा

चीनले जन्माउँदैछ हाइब्रीड बच्चा
 हाइब्रीड सब्जी र कम्प्युटर प्रोग्रामपछि चीन अब हाइब्रीड बच्चा बनाउने अनुसन्धानमा जुटेको छ, जसले चीनलाई विश्वमा सबैभन्दा अघि पुर्‍याउनेछ । चीनको सबैभन्दा ठूलो अनुवंशिय शोध संस्थान बीजीआईका बैज्ञानिकहरुले विश्वका सबैभन्दा प्रभावशाली १ हजार मानिसको डीएनएको नमूना जम्मा गरेका छन् । बैज्ञानिकहरुले उनीहरुको वंशाणुगत गुणलाई अलग-अलग रुपमा व्यवस्थित गर्दैछन्, जसले मानविय प्रतिभा निर्धारणमा सहयोग पुर्‍याउँछ । शोध निकै अघि बढिसकेको भन्दै बैज्ञानिकहरुले यसमा सफल भए आमाबाबुले आफ्ना लागि सबैभन्दा राम्रा बच्चा छान्न सक्छन् र उनको बौद्धिकता ५ देखि १५ गुणबढी हुन्छ । यसले केही पुस्तामा नै चिनियाँ बच्चासँग बौद्धिक स्तरको प्रतिस्पर्धा गर्नु विश्वका अन्य देशका लागि ठूलो चूनौति हुनेछ ।

 क्रान्तिकारी मनोवैज्ञानिक एवं न्यूयोर्क विश्वविद्यालयका लेक्चर जेफ्री मिलरले पनि आफ्नो डीएनएको नमूना चिनियाँ बैज्ञानिकलाई दिएका छन् । अणुवंशिय शोधमा पश्चिमी जगत चीनभन्दा निकै पछि रहेको भन्दै उनले भनेका छन्-’हामीसँग पनि त्यही प्रविधी क्षमता छ,तथ्यांकको विश्लेषण गर्ने क्षमता पनि त्यही छ तर, चीनले ठूला ठूला तथ्यांकहरु संकलन गरेको छ र बैज्ञानिकहरुको निष्कर्ष सरकारी नीतिमा फेरबदल ल्याउन समेत सक्षम छ ।’ उनका अनुसार बीजीआईमा बनस्पति र जन्तुको अनुवंशिय शोधका साथै हरेक चीजको काम भइरहेको छ, जुन आर्थिक रुपमा प्रासंगिक वा वैज्ञानिक रुपमा निकै रोचक छ । यसले के देखाउँछ भने चीन आर्थिक रुपमा मात्र हैन, बैज्ञानिक शोधमा पनि महाशक्ति बन्न आतुर छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger