ब्रम्हाण्ड सोँचेभन्दा बुढो

ब्रम्हाण्ड सोँचेभन्दा बुढो
 ब्रम्हाण्डको उमेर अहिलेको अनुमान भन्दा १० करोड वर्षबढि रहेको पछिल्लो अनुसन्धानले देखाएको छ । युरोपेली अन्तरीक्ष एजेन्सीको प्लान्क अन्तरीक्षयानले संकलन गरेका विस्तृत तथ्यांकहरुको आधारमा ब्रम्हाण्डको उत्पत्तिको कारक रहेकेा भनिएको ठूलो विस्फोट अर्थात् बिग ब्यांग आजभन्दा १३ अर्ब ८० करोड वर्षपहिले नै भएको निष्कर्षवैज्ञानिकहरुले निकालेका छन् । ब्रम्हाण्डको उत्पत्ति ताका सिर्जित विकिरणका अवशेषहरुको संकलन तथा विश्लेषण गरी यस्तो निष्कर्षनिकालिएको हो । यस्ता विकिरण सबैभन्दा पहिले नासाका दुइ अन्तरीक्ष यानले सन् १९६४ र १९८९ मा पत्ता लगाएका थिए । पछि युरोपेली अन्तरीक्ष एजेन्सीको प्लांक अन्तरीक्षयानले ती कस्मिक माइक्रोवेबको विस्तृत खोज गरेको थियो । वैज्ञानिकहरुले अहिलेका तारा, आकाशगंगा तथा ग्रहहरु लगायत सम्पर्ूण्ा ब्रम्हाण्डको सिर्जना अहिलेको ब्रम्हाण्डको केवल ४.९ प्रतिशत पदार्थबाट फैलिएर बनेको समेत दाबी गरेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger