छोरालाई पास गराउन प्रधानाध्यापकले नै चोरे प्रश्नपत्र

१३ चैत, विराटनगर । कक्षा ८ को परीक्षामा आफ्नो छोरालाई प्रथम बनाउन सावित्री माथि याङशिला, मोरङका प्रधानाध्यापकले नै परीक्षाको एक दिनअघि प्रश्नपत्र चोरेको खुलासा भएको छ । सो विद्यालयका प्रधानाध्यापक मदन अर्यालले १ चैतदेखि सञ्चालन भएर सम्पन्न भैसकेको जिल्लास्तरीय परीक्षामा आफ्नो छोरालाई पश्नपत्र चोरेर दिने गरेको खुलेको हो । आफ्नो विद्यालयमा प्राप्त सिलबन्दी प्रश्नपत्र अघिल्लो दिन नै चोरेर घर लगी अर्यालले छोरालाई दिने गरेका थिए । उनका छोरा भने सार्वजनिक माविमा अध्ययरत छन् । प्रश्नपत्र बाहिरिएपछि अनुगमनमा गएको विद्यालय निरीक्षक याम थापाको टोलीले प्रधानाध्यापक अर्यालले परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र लगेको पत्ता लगाएकोपत्रिकामा खबर  छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger