युद्धअपराधको आरोपमा बेलायतमा पक्राउ पर्नुभएका नेपाली सेनाका महासेनानी कुमार लामालाई रिहा गर्न त्यहाँको अदालतले आदेश दिएको छ । शुक्रवार राती भएको बहसपछि लामालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । बेलायतमा रहेका नेपाली राजदूत सुरेशचन्द्र चालिसेले अदालतको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ । सशस्त्रद्वन्द्वकालमा कपिलबस्तुमा एक नागरिकलाई चरम यातना दिएको अभियोगमा लामालाई पक्राउ गरिएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|