सुनसरी,फागुन २४ । इटहरीको एक गेष्टहाउसमा मृत फेला परेकी महिलालाई सशस्त्र प्रहरीका हवल्दार राजकुमार चौधरीले हत्या गरेको रहस्य खुलेको छ ।
कंकालनी गण टङ्कीमा दरबन्दी भएका चौधरीलाई प्रहरीले बुधबार राति पक्रेपछि हत्या चौधरीले नै गरेको रहस्य खुलेको हो । चौधरी बुधबार न्यू स्वागत गेष्ठहाउसमा मोरङ्ग बबिया बिर्ता –२ की मंगलीदेवी चौधरीको हत्या गरी फरार भएका थिए । पक्राउ परेका चौधरीले मंगलीले विवाह गर्न दबाब दिएकाले आफूले हत्या गरेको बयान दिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्....
|