लुम्लेस्थित कृषि अनुसन्धान केन्द्रभित्र रहेको बालमन्दिर माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीहरू प्रधानाध्यापक, शिक्षक तथा स्थानीय व्यक्तिले विगत केही समयदेखि दिएको मानसिक तथा शारीरिक यातना खप्न नसकी भागेर पोखरा आएका छन् । यातनाका कारण असुरक्षित बनेका ५० जना छात्रा र १८ जना छात्र ०६९ फागुन २१ गते राति नगर विकास प्रशिक्षण केन्द्र, पोखरा आइपुगेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्.
|