उभिएरै ८० जनाको शल्यक्रिया

१९ फागुन, पाँचथर । मेची आँखा अस्पताल झापाकी डा. सविता पालिखेले ८० जना बिरामीको आँखाको शल्यक्रिया उभिएरै गरेकी छन् । तीनदिने निःशुल्क शिविरमा नौ जना स्वास्थ्यकर्मीको नेतृत्व गर्दै प्रमुख डाक्टर बनेर पुगेकी उनले पुर्वाधारको कठिनाईले उभिएर शल्यक्रिया गरेकी हुन् । ‘बसेर गरिरहेकेा कामलाई अप्ठेरो गरी उभिएर गर्नुपर्दा कम्मर दुखेर अलि समस्या हुँदो रहेछ,’ उनले भनिन् ‘तर, ती दिनमै यति धेरै शल्यक्रिया गर्न पाउँदा खुसी लागेको छ ।’ विगतमा पनि गाउँहरुमा पुगेर यस्तै गरेको बताउने उनले कतिपय ठाउँमा कोठाहरु राम्रो हुँदा केही सजिलो महसुस भए पनि भौतिक पूर्वाधार नभएको स्थानमा चाहिँ निक्कै अप्ठेरो हुने गरेको सुनाईन । ‘त्यो बेला निकै असजिलो हुन्छ तर आँखा बन्द भएर बसेका धेरै बिरामीले देखेपछि दिएको प्रतिक्रियाले खुसी बनाउँछ,’ उनले थपिन । अझैसम्म पनि सानो उपचारले हुने समस्या पालेर गाउँबस्तीमा धेरै मानिस रहेकामा आश्चर्य लागेको बताउने उनले आफूले सकेसम्म गाउँमा गएर मोतियाविन्दुको शल्यक्रिया गर्न चाहेको बताइन् । शिविर ९४ बर्षसम्मकाले आँखाको शल्यक्रिया गराएका थिए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger