११ दिनपछि पारसको होस खुल्यो (विज्ञप्तिसहित)

१९ फागुन, काठमाण्डौ । हृदयघात भई बैंककमा उपचार गराइरहेका पूर्वयुवराज पारसको ११ दिनपछि होस खुलेको छ । डाक्टरका अनुसार उहाँले आफन्तलाई चिन्न थाल्नुभएको छ । समितिभेज अस्पतालका कार्डियोलोजिष्ट डा मान चान्दाभिमोलाद्वारा जारी विज्ञप्तिमा उहाँ होसमा आएको र मान्छे समेत चिन्न थालेको बताइएको हो । डाक्टद्वारा शनिवार दिउँसो जारी विज्ञप्तिअनुसार उहाँका शरिरका सम्पूर्ण अंगहरु चल्न थालेका छन् । यद्यपि उहाँ भेन्टिलेटरकै सहायतामा उपचाररत हुनुहुन्छ। हृदयघातपछि बेहोस अवस्थामा उपचाररत पारसको ११ दिनपछि १२ औं दिनमा होस खुलेको हो । पूर्वयुवराज पारसको होस आएको र मान्छे चिन्न थालेको खबर डाक्टरले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्दा पूर्वराजा ज्ञानेन्द्र भने अस्पतालभन्दा केही टाढा भेटघाट कार्यक्रममा व्यस्त रहनुभएको थियो । गत फेब्रुअरी १९ मा हृदयाघात भएपछि चिन्ताजनक अवस्थामा अस्पताल भर्ना हुनुभएका पारसलाई भेट्न यतिबेला पूर्वराजा ज्ञानेन्द्र, पूर्वराजी कोमलसहित पारस पत्नी हिमानी, छोराछोरी र राजपरिवारका अन्य सदस्यसमेत बैंककमै हुनुहुन्छ । पारसको हेरचाहमा संलग्न आफन्त डाक्टर राजीव शाहीले पनि परासको होस खुलेको बताउनुभएको छ । तर, पारसले बोल्न थालेको या नथालेको भन्ने चाँहि बेलुकासम्म मात्रै थाहा हुने डा. राजीवले अस्पतालमा परिसरमा रहेका अन्य शुभेच्छुकलाई जानकारी दिएको स्रोत बताउँछ । पारसको होस खुलेपछि उहाँलाई अस्पताल पुर्याउने एनआरएनका महासचिव सुनिल खड्काले खुशी व्यक्त गर्दै उहाँ निको भएर स्वदेश फर्कने कामना गर्नुभएको छ । 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger