पाहुनाले खान मिल्ने दुलहीको पहिरन (फोटो फिचरसहित)

 विवाहमा दुलहीले लगाएको लुगता जन्ती तथा अरु पाहुनाले खान पाइने भएको छ । सुन्दै वाहियात लाग्ने कुरो के गरेको होला ? भन्ने लाग्नसक्छ, तपाइँलाई । कपडा त्यो पनि दुलहीले लगाएको कहीँ मान्छेले खान्छ ? हो, सामान्य लुगा मान्छेले खाँदैन, किनकी लुगा खानेकुरा होइन । तर एक जना बेलायतीले यस्तो बेहुली पहिरन तयार गरेका छन् जुन मज्जाले खान मिल्छ । बेलायतको बर्मिंघमका एक केक बेकरले ६ फुट लामो खान योग्य बेहुली पहिरन तयार पारेका हुन् । यो पहिरन कपडाबाट नभइ केक बाट बनेको छ । यसमा स्पन्ज केकका १७ पत्र प्रयोग गरिएको छ । साथै यो बनाउनका लागि २२ किलो चिनीको लेदोको बरफका १ सय वटा जति टुक्रा प्रयोग भएका छन् । यो बेहुली पहिरन २ हजार जना जम्मा पाहुनालाई खुवाउन मिल्ने बताइएको छ । डिजाइनर डोना मिलिंगटनले आफ्नी छोरीले बनाएको चित्र हेरेर आफुलाई यस्तो अचम्मको बेहुली पहिरन बनाउने लहड चलेको बताउँछन् । यो बेहुली पहिरन अब बर्मिंघमको राष्टिय विवाह प्रदशर्नीमा प्रदर्शन गरिनेछ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger