मध्यरातमा छोराछोरीकै अगाडि श्रीमतीको हत्या

 २४ फाल्गुन, भैरहवा । रुपन्देहीको पडसरी गाविस-७, गंगापुरका एक पुरुषले आफ्नै श्रीमतीलाई मध्यरातमा छोराछोरीकै अगाडि खुर्पाले काटेर हत्या गरेका छन् । स्थानीय वीरेन्द्र पासीले श्रीमती ३१ बर्षीया शुसिला पासीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् विरेन्द्र पासीले आफ्नो श्रीमती पर पुरुष संग सम्बन्ध रहेको भन्दै हत्या गरेको प्रहरीसमक्ष बताएका छन् । शुशीला वीरेन्द्रकी कान्छी श्रीमती हुन् । हत्याका प्रत्यक्षदर्शी ९ बर्षीया छोरी पुष्पादेवी र ७ बषीय छोरा संदीपले आमाको हत्या आफूहरुकै अगाडि भएको सञ्चारकर्मीलाई बताए । पासीका छिमेकी कृष्ण भण्डारीले राति शुशीलाले गुहार मागेपछि घरमा पुग्दा वीरेन्द्रले हत्या गरी ढोकामा धरिलो हतियार लिएर बसेको सञ्चारकर्मीलाई बताए । सुशीलाको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हरिबहादुर पालले बताएका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger