अपडेटः मलेसियाको झडपमा नेपालीको मृत्यु भएको छैनः दूताबास (विज्ञप्तिसहित)
१२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली र स्थानीय मलेसियनविच झडप हुँदा २ जना गम्भिर घाइते भएका छन । घटनामा ६ नेपाली कामदारको मृत्यु भएको हल्ला भएपनि त्यसको पुष्टी नभएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।
‘दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नुभयो’ मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराइले अनलाइनखबरसँग भन्नुभयो-’तर अस्पतालमा नेपालीहरुको शव पनि भेटिएन, प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टी गरेन ।’
|