महिलाले पनि गर्छन् पुरुष बलात्कार

महिलाले पनि गर्छन् पुरुष बलात्कार
 सिनेमाको पर्दामा खलनायकले नायिका वा कुनै युवतीलाई शोषण या बलात्कार गरेको घटना त सामान्य नै हो । तर समयको परिवर्तनसँगै नेपाली चलचित्रका निर्माताहरुको सोचाई पनि परिवर्तन हुदैछ ।नेपाली चलचित्रमा पुरुषलाई महिलाले बलात्कार गरेको दृश्य समावेश छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर वैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याकनाइट’ मा यस्तै दृश्य समावेश छ । हिराजबाबु गोर्खालीको निर्माणमा तयार भएको यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् ।

चलचित्रमा सुरज सिलवाल, निशा रिसाल, अनुपा कार्की, सुरेश सिलवाल, विक्रम आदित्य, यूनिका खड्का, चन्द्र नेपाली, अप्सरा घिमिरे लगायतका कलाकारको अभिनय छ । चलचित्रमा ‘हामीलाई पोथी हैन भाले चाहियो’ भन्ने संवाद युवतीहरुले बोलेको हेर्न सकिन्छ । चलचित्रमा युवतीले युवकलाई रातको समयमा बाटो कुरेर २ पटक बलात्कार गरेको दृश्य समावेश गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger