१९ बर्ष खोरमा बसेकी मनु घर फर्किन

 ८ चैत, ओखलढुंगा । कुन्तादेवी गाविस ४ वितलबकी ५१ बर्षकी मनमाया तामाङ -मनु) लाई विगत दुई दशकमा आफुसँग के के भयो कुनै सम्झना छैन् । उनी आफ्नोजीवनकालका पछिल्ला १९ बर्ष कसरी बिते भन्नेमा नै अज्ञात छिन् । उनलाई म बिरामी थिँए र अहिले स्वस्थ भएँ भन्ने मात्र थाहा छ । मानसिक सन्तुलन गुमाई १९ बर्षसम्म घरको आँगनमा बनाइएको खोरमा थुनिएकी मन सोमबार स्वस्थ भएर घर र्फकदा आफन्त मात्र होइन छरछिमेकी पनि छक्क परे ।

 आँखाबाट हर्षका आँसु बगाउँदै उनलाई घरमा हेर्न आउनेहरुको भीड नै लाग्ने गरेको छ । ‘मनुको अवस्थाबारे थाहा पाएर काठमाण्डौंको कोसिस नामक संस्थाले निःशुल्क उपचार गरिदिने भन्दै मनुलाई आठमहिना अघि आफ्नो ट्रान्जिट होम (सुधार गृह) मा लगेको थियो । महिनौंको उपचारपछि स्वास्थ्यमा सुधार आएपछि मनुलाई संस्थाका दुईजना प्रतिनिधिले सोमबार घरमै पुर्‍याएर परिवारको जिम्मा लगाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । स्थानीय एवं महिला अधिकारकर्मी हेमकुमारी तामाङले मनु पूर्णरुपमा ठीक भई घर फर्किएपछि परिवारमा खुसी छाएको बताईन् । ‘ म त धेरै खुसी छु । मनुलाई उपचार गर्न कतै लान सकेको थिईनन्,’ पछि तिलबहादुरले भने, ‘म मनुको उपचार गरिदिने संस्था कोसिसलाई धेरै धेरै धन्यबाद दिन्छु ।’ मनुका दुई छोरा र दुई छोरी छन् । छोरीहरुको बिहे भईसकेको छ भने, छोराहरु पढाइका शिलशिलामा काठमाण्डौंमा छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger