बढि खाएरै ज्यान गुमाउँछन् तीस लाखले

विश्वमा अझै पनि यस्ता थुप्रै देश छन्, जहाँका मानिसहरु पेटभरी खान पाउँदैनन् । पछिल्ला अध्ययनहरुका अनुसार भोकमरीका कारण ज्यान गुमाउनेहरुको संख्या ठूलो छ । तर, यही बिश्वमा अर्कोथरि मानिसहरु पनि छन, जो खान नपाएर हैन, धेरै खाएर ज्यान गुमाइरहेका छन् । एक अध्ययनका अनुसार विश्वमा भोकमरीले भन्दा बढी मानिस धेरै खाएर मर्छन् । सन् २०१० मा अहिलेसम्मको सबैभन्दा ठूलो स्वास्थ्य अध्ययनमध्येको एक अध्ययन गरिएको थियो । उक्त अध्ययनमा मृत्युको कारण विश्लेषण गरिएको थियो । जसलाई २० वर्ष पहिले संकलन गरिएको तथ्यांकसँग तुलना गरियो, जतिबेला पोषणको अभाव विमारी र मृत्युको मुख्य कारण थियो । अध्ययनले सन् २०१० मा विश्वमा मोटोपनका कारण ३० लाख मानिसभन्दा बढीको मृत्यु भएको देखाएको छ । जुन कुपोषणका कारण हुने मृत्यु भन्दा तीन गुणा बढी हो । मोटोपनको मुख्य कारण आवश्यकताभन्दा धेरै खानु हो । रिपोर्टका अनुसार अफि्रकामा भने अहिले पनि असमयमै हुने मृत्युको कारण कुपोषण नै छ । अध्ययन रिपोर्टका सहलेखक क्वीन्सल्याण्ड यूनिभर्सिटीका प्रोफेसर एलन लोपेज भन्छन्-’यो निष्कर्षले हामीलाई आश्चर्यचकित पारेको छ । जब हामीले सबै प्रमाण हेरौं, पछिल्लो २ दशकमा खासगरी बच्चाहरुमा कुपोषणको प्रभाव निकै घटेको छ । तर, मोटोपनका कारण हुने विरामी तिब्र गतिमा बढिरहेको छ ।’ अध्ययनका अनुसार मोटोपन धनी देशहरु मात्र हैन, विकासशील देशमा पनि ठूलो समस्या बन्दैछ । प्रोफेसर एलनले भन्नुभयो-’यो अब धनी देशहरुमा मात्र समस्या रहेन । पछिल्लो दशकमा मोटोपनको समस्या बढिरहेको छ । हैरानीमा पार्ने कुरा के छ भने विकासशील देशमा पनि मोटोपनको चुनौती बढिरहेको छ ।’-बीबीसी
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger