Featured Post Today
print this page
Latest Post

लाइसेन्स लिनका लागि नयाँ प्रणाली अनुसार ट्रायल परीक्षा सुरु भिडियो

लाइसेन्स लिनका लागि नयाँ प्रणाली अनुसार ट्रायल परीक्षा सुरु भिडियो

 

Timro SathMa Hasna Paye By Pramod Kharel - HD (Official Video) Nepali Song 2013

Timro SathMa Hasna Paye By Pramod Kharel - HD (Official Video) Nepali Song 2013

 

लोकतन्त्र दिवस मनाइँदै,खै के दियो लोकतन्त्रले,यो कस्तो लोकतन्त्र भिडियो खबर

 पछिल्लो जनआन्दोलनका बलमा स्थापित लोकतन्त्र दिवस मनाउने क्रम सातौँ वर्षमा प्रवेश गरेको छ । तत्कालीन संसद्वादी सात दल र नेकपा (माओवादी)बीच बाह्रबुँदे सहमति भएपछि सुरु भएको २०६२/०६३ को उन्नाइसदिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै दिन लोकतन्त्र स्थापना भएको थियो । राजाको निरङ्कुश शासनबाट आजित नेपाली जनता विश्वसमुदायलाई चकित तुल्याउने गरी सडकमा उत्री राजतन्त्रलाई जरैदेखि उन्मूलन गरेर त्यही आन्दोलनका रापमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भए । तत्कालीन सात राजनीतिक दलको नेतृत्वमा भएको दोस्रो जनआन्दोलनमा व्यापक जनदबाब र २५ जना नेपालीले सहादत प्राप्त गरेपछि निरङ्कुश राजा ज्ञानेन्द्र शाहको सरकार घुँडा टेक्न बाध्य भएको थियो । 
भिडियो हेर तल क्लिक गर्नुस्..
 

डडेल्धुरामा बस दुर्घटना, २ को मृत्यु २० घाईते

 ११ वैशाख, कैलाली । डडेल्धुरामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन् । कैलालीको टिकापुरबाट अछामको साफेबगर जादै गरेको ना ४ ख ३६०९ नम्बरको कर्णाली रिभरको यात्रुबाहक बस डडेल्धुराको अमरगढी नगरपालिका ११ सल्लाघारीमा दुर्घटना हुँदा अछाम भागेश्वर-७ का रमेश बोहरा, कैलाली टिकापुर नगरपालिका-१ की हिमा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

 गम्भीर घाईतेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको टिम अस्पताल डडेल्धुराले जनाएको छ । १७ जनाको टिम अस्पतालमा उपचार भईरहेको छ । गम्भीर घाईते कैलाली टिकापुर-९ का प्रेम दाश, अछाम बैला-८ का दानसिंह बिष्ट र अछाम बिन्दाबासिनी-१ की नन्दा खड्काकलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको हो । दुर्घटनाका बारे अनसुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

रिट हाल्दा होस नगरे जरिवाना

११ वैशाख, काठमाण्डौं । एउटै विषयमा दुई वा सोभन्दा बढी रिट निवेदन दर्ता गर्न नपाउने गरी व्यवस्था गर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई आदेश दिएको छ । न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको विशेष इजलासले सार्वजनिक हक वा सरोकारको विवादको एउटै विषयसँग सम्बन्धित रिट निवेदन दुई वा दुईभन्दा बढी दर्ता नगर्न आदेश दिएको नेपाल समाचारपत्रमा खबर छ ।

 सर्वोच्च अदालतको आदेशमा उल्लेख छ -’रिट निवेदकले निरुपण गरिपाउन माग गरेको विषयमा अगाडि नै यस अदालतमा अर्को रिट निवेदन दर्ता भई विचाराधीन रहेको वा यस अदालतबाट सो विषयमा पहिले नै निरुपण भएको छैन भन्ने तथ्य रिट निवेदनमा नै स्पष्ट गर्न लगाइ सार्वजनिक सरोकारको विषयको रिट निवेदन दर्ता गरिने छ ।’ सार्वजनिक सरोकारलाई भन्दा अन्य निहित स्वार्थ वा सरोकारलाई उठाएको, व्यक्तिगत लाभ पाउने वा कसैप्रति अनावश्यक हैरानी दिने उद्देश्यले वा राजनीतिक तथा आर्थिक स्वार्थबाट प्रेरित भई रिट निवेदन दायर गरेको आइएमा त्यस्तो रिट निवेदकलाई निश्चित अवधिसम्म कालोसूचीमा राख्न सक्ने पनि भएको छ ।

जनयुद्धका हतियार प्रचण्डले बेचे तस्करलाई

  नेकपा माओवादीका एक नेताले जनयुद्धका क्रममा माओवादीका आधुनिक हतियार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्करलाई बेचेको संगिन आरोप लगाएका छन् । लडाकूका हतियार कन्टेनरमा राख्ने समयमा दर्जनौ हतियार प्रचण्डले लुकाएको ती नेताले खुलासा गरेका छन । लुकाइएका हतियार प्रचण्डले तस्करलाई बेचेको सनसनीपूर्ण कुरा सार्वजानिक गर्ने नेता माओवादीले घोषणा गरेको जनसरकारका प्रमुख सन्तोषकुमार बुढा मगर हुन् ।

 ‘राम्रा राम्रा हतियार प्रचण्डले लुकाएका थिए, मगरले भने, 'ती हतियार प्रचण्डले तस्करलाई बेची सके ।’ राम्रा भनिएपनि ती हतियार कुन कुन थिए भन्नेवारे बुढाले खुलाएनन । तत्कालीन नेकपा माओवादीले झण्डै ३० हजारको हाराहारीमा लडाकू शिविरमा दर्ता गरेपनि मुस्किलले ३३ सय हतियार बुझाएको थियो । त्यही बेला नै माओवादीले हतियार लुकाएको आशंका गरिएको थियो । त्यती धेरै लडाकूका त्यती थोरै हतियार भएको थाहा भएपछि व्यापक आशंका गरिएको थियो । हतियार लुकाएको कुरा ढाकछोप गर्न प्रचण्डले केही हतियार खोलाले बगाएको, केही जलेको बताएका थिए । हतियार खोलाले बगाएको प्रचण्डको भनाईलाई लिएर अखबारहरुले कार्टुन बनाएका थिए, ‘कुखुरी काँ, बासीभात खाँ, खोइ हतियार, खोलाले बगायो, खोइ खोला सुक्र्यो’ भन्ने कविता सहित ।

 देशका विभिन्न ठाउमा सेनाका क्याम्प कव्जा गर्दा लुटिएका हतियार राष्टसंघको प्रमाणिकरणको समयमा नभेटिएपछि सेनाले समेत हतियार हराएको आशंका गरेको थियो । सात बर्षपछि माओवादीका प्रभावशाली नेताले हतियार लुकाइएको सनसनीपूर्ण खुलासा गरेका हुन् । लड्न परे अमेरिकाले दिन्छ हतियार त्यसरी लुकाइएका हतियार आफूहरुसँग भने नरहेको बुढाले दावी गरे । उनले भने, ‘पुराना हतियार त काम नलाग्ने भइसके, फेरी लड्न परे अमेरिकाले दिइहाल्छ नि नयाँ हतियार ।’ अमेरिकाले हतियार दिन्छ भन्ने कुरा उनले यति सहजै भनेकि, मानौँ हतियार दिने कुरा म्याद गुज्रेको पुरानो चामल नि:शुल्क बाँडे जस्तै हो। तत्काल युद्धको मनस्थिती नभएपनि, जनताको अधिकारमाथी खेलवाड गरिए त्यो संभावना टाढा नरहेको बुढाले बताए । ‘जनबिद्रोहमा जाने पार्टीको घोषित नीति नै हो, कहिले जाने भन्ने मात्र बहसको बिषय हो, जनयुद्धमा गए हतियारको समस्या छैन, अमेरिकाले पठाइदिन्छ आधुनिक हतियार ।’source nepaliheadline

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger