नेकपा माओवादीका एक नेताले जनयुद्धका क्रममा माओवादीका आधुनिक हतियार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्करलाई बेचेको संगिन आरोप लगाएका छन् । लडाकूका हतियार कन्टेनरमा राख्ने समयमा दर्जनौ हतियार प्रचण्डले लुकाएको ती नेताले खुलासा गरेका छन ।
लुकाइएका हतियार प्रचण्डले तस्करलाई बेचेको सनसनीपूर्ण कुरा सार्वजानिक गर्ने नेता माओवादीले घोषणा गरेको जनसरकारका प्रमुख सन्तोषकुमार बुढा मगर हुन् ।
‘राम्रा राम्रा हतियार प्रचण्डले लुकाएका थिए, मगरले भने, 'ती हतियार प्रचण्डले तस्करलाई बेची सके ।’ राम्रा भनिएपनि ती हतियार कुन कुन थिए भन्नेवारे बुढाले खुलाएनन ।
तत्कालीन नेकपा माओवादीले झण्डै ३० हजारको हाराहारीमा लडाकू शिविरमा दर्ता गरेपनि मुस्किलले ३३ सय हतियार बुझाएको थियो । त्यही बेला नै माओवादीले हतियार लुकाएको आशंका गरिएको थियो । त्यती धेरै लडाकूका त्यती थोरै हतियार भएको थाहा भएपछि व्यापक आशंका गरिएको थियो ।
हतियार लुकाएको कुरा ढाकछोप गर्न प्रचण्डले केही हतियार खोलाले बगाएको, केही जलेको बताएका थिए । हतियार खोलाले बगाएको प्रचण्डको भनाईलाई लिएर अखबारहरुले कार्टुन बनाएका थिए, ‘कुखुरी काँ, बासीभात खाँ, खोइ हतियार, खोलाले बगायो, खोइ खोला सुक्र्यो’ भन्ने कविता सहित ।
देशका विभिन्न ठाउमा सेनाका क्याम्प कव्जा गर्दा लुटिएका हतियार राष्टसंघको प्रमाणिकरणको समयमा नभेटिएपछि सेनाले समेत हतियार हराएको आशंका गरेको थियो । सात बर्षपछि माओवादीका प्रभावशाली नेताले हतियार लुकाइएको सनसनीपूर्ण खुलासा गरेका हुन् ।
लड्न परे अमेरिकाले दिन्छ हतियार
त्यसरी लुकाइएका हतियार आफूहरुसँग भने नरहेको बुढाले दावी गरे । उनले भने, ‘पुराना हतियार त काम नलाग्ने भइसके, फेरी लड्न परे अमेरिकाले दिइहाल्छ नि नयाँ हतियार ।’ अमेरिकाले हतियार दिन्छ भन्ने कुरा उनले यति सहजै भनेकि, मानौँ हतियार दिने कुरा म्याद गुज्रेको पुरानो चामल नि:शुल्क बाँडे जस्तै हो।
तत्काल युद्धको मनस्थिती नभएपनि, जनताको अधिकारमाथी खेलवाड गरिए त्यो संभावना टाढा नरहेको बुढाले बताए । ‘जनबिद्रोहमा जाने पार्टीको घोषित नीति नै हो, कहिले जाने भन्ने मात्र बहसको बिषय हो, जनयुद्धमा गए हतियारको समस्या छैन, अमेरिकाले पठाइदिन्छ आधुनिक हतियार ।’source nepaliheadline
|