Featured Post Today
print this page
Latest Post

भ्रष्टाचारको अभियोगमा धनुषाका पूर्व जिशिअ पक्राउ


२३ असोज, काठमाडौं । भ्रष्टाचारको आरोप लागेपछि फरार रहेका धनुषाका पूर्व जिल्ला शिक्षा अधिकारी डा. योगेन्द्र ठाकुर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा भक्तपुरको सानो ठिमीबाट सोमबार उनलाई पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतले तीन वर्षअघि २०६६ भदौ ३० गते उनलाई ३८ लाख २ हजार जरीवाना र ४ वर्ष कैदको फैसला गरेको थियो ।
ठाकुरले धनुषाको जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत रहँदा जनकपुर टेक्निकल इन्स्टिच्युट नामक संस्थाको नामबाट सरकारी अनुदान, बिभिन्न मावि तथा निमावि शिक्षकहरुको तलब भत्ता वापतको बजेट सापटीका नाममा आफैंले प्राप्त गरि भ्रष्टाचार गरेको अदालतबाट ठहर भएको थियो ।
सिरहा लहान नगरपालिका स्थायी घर भै हाल काठमाडौं बल्खु बस्ने ठाकुर लोकतान्त्रिक जनता पार्टी नेपाल सिरहाका सभापति समेत रहेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।  via-onlinekhabar

बालुवाटार घेर्न गएका नेकपा–माओवादीका कार्यकर्ता र प्रहरीवीच झडप :२० जना घाइते


काठमाण्डौं,असोज २३। प्रधानमन्त्री निवास बालुवाटार घेर्न गएका नेकपा–माओवादीका कार्यकर्ता र प्रहरीवीच भएको झडपमा २० जना घाइते भएका छन्। नेपाली सेनाका महासेनानी राजु बस्नेतलाई सहायक रथीमा बढुवा गरिएको भन्दै माओवादी कार्यकर्ता र पीडित परिवारका सदस्यले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको थियो। प्रहरीको लाठी प्रहारबाट ४ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छ्न। घाइते हुनेमा नेवा राज्इ समितिका सदस्य रमेशकुमार राई, ई्श्वर विक, धिरज खनाल तथा अम्विका आचार्य रहेका छन्। उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ। यस्तै, प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी निरीक्षक सहित ३ जना घाइते भएका छन्। उनीहरुको पनि टाउको र आँखामा चोट लागेको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीले प्रहरी लगाएर आफूहरुमाथि दमन गर्न खोजेको आरोप लगाएका छन्। विभिन्न अधिकारकर्मी लगायत पीडित परिवारका सदस्यले बढुवा गरेका बस्नेतले गम्भीर मानवअधिकार उल्लंघन गरेकाले उनको बढुवाको निर्णय खारेज गर्न माग गरिरहेका छन्।

सेन्सर बोर्डले दृश्य काटेपछि एटीएमको पुन छायांकन



चलचित्रको छायांकन देखि नै विवादमा फसेको चलचित्र ‘एटीएम’ सेन्सरको झमेलामा फसेको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश अधिकांश दृश्य हटाउन भनेपछि यो चलचित्रको पुनः छायांकन थालीएको छ ।
चलचित्रको पुनः छायांकनका बारेमा निर्माणपक्षले केही बोल्न चाहेको छैन । पुनः छायांकन भएको भन्ने खबरले सिनेमालाइ प्रत्यक्ष असर पुर्याउने सोचेर निर्माणपक्षले कुरा लुकाएको हो ।
चलचित्रको एक दृश्यको छायांकन स्विमिङ पूलमा गरिएको छ । स्विमिङ पुलमा चलचित्रका नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्मालाइ ग्ल्यामर पोजमा देख्न सकिन्छ । श्रोतका अनुसार सिनेमाका धेरै जसो भद्दा दृश्य बोर्डले काटिदिएपछि निर्माण पक्ष पुनः छायांकन गर्न वाध्य भएको हो ।
दिनेश थापाको निर्माणमा तयार भएको चलचित्रलाइ यादव सिलवाले निर्देशन गरेका हुन् । चलचित्रले कात्तिक १७ लाइ आफ्नो प्रदर्शन मिति तोकिसकेको छ ।

नेपाललाई आत्मनिर्भर बनाउन जलविद्युतको क्षेत्रमा सामुहीक लगानी गर्ने : लामिछाने


असोज २२ । गैर आवसीय नेपाली संघ(एनआरएन)का अध्यक्ष जीवा लामिछानेले नेपाललाई आत्मनिर्भर बनाउन जलविद्युतको क्षेत्रमा सामुहीक लगानी गर्ने बताउनु भएको छ । आज पूर्वी चितवनको विन्देश्वरी निम्न माध्यमिक विद्यालय पिठुवामा रहेको विन्देश्वरी गामवेशीको चेपाङ घर छात्रवासको भवन शिलन्यास समारोहमा अध्यक्ष लामिछानेले सो कुरा बताउनु भएको हो ।
देश विकासको मेरुदण्ड जलविद्युत भएको भन्दै अध्यक्ष लामिछानेले यसको विकास गर्न देशमा प्रचुर सम्भावना रहेको बताउनु भयो । अध्यक्ष लामिछानेले सयुक्त लगानीमा १ सय मेघावाट सम्मको हाईड्रोपावर निर्माण गर्न सरकार संग सम्झौता भईसकेको जानकारी दिनुभयो । उहा“ले हाईड्रोपावर निर्माणको काम अब केही दिनमा सुरु हुने जानकारी समेत दिनुभयो । नेपालको ७६ औं सुगम जिल्ला भनेर चिनिने चितवनका पहाडी गाविसका कयौं चेपाङ वालवालिकाहरु शिक्षाको ज्यातिवाट बन्चित रहेकाले उनीहरुमा शिक्षा  पह“ुच पुयाउने काममा एनआरएन लगानी गर्न ईच्छुक रहेको बताउनु भयो । सो कार्यक्रममा अध्यक्ष लामिछानेले छात्रवास निर्माणको लागि १० लाख रुपैया सहयोगको घोषणा गरि चेक हस्तारन्तरण गर्नुभएको थियो ।
उहाले तीन कोठे चेपाङ छात्रवासको समेत शिलन्यास गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा पौडेलले चेपाङ वालवालिकहरुलाई विद्यालयको पहु“चमा पु¥याउने कार्यक्रममा राज्यले लगानी गर्न नसकेको भन्दै गैर सहकारी संस्गाले त्यसमा सहयोग गर्न आग्रह समेत गर्नु भयो । कार्यक्रममा गामवेशीको चेपाङ घरका संरक्षक केपी किरण शर्मा, सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेल, विन्देश्वरी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनाल लगायतले वोल्नु भएको थियो । कार्यक्रम गामवेशीको चेपाङ घर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिप्रदियन संस्थाले छात्रवासमा रहेका २५ जान दशैको लागि एक एक जोर कपडा प्रदान गरेको  सिप्रदियन सहायता संस्थाका प्रतिनिधि चेतनाथ पौडेलले जानकारी दिनुभयो ।

चरम यातनाका कारण खाडी देश पुगेका ८२ जना नेपाली महिला द्धारा आत्महत्या



असोज २२ । कामका लागि खाडी देश पुगेका नेपाली महिला चरम यातनाका कारण आत्महत्या गर्ने गरेको राष्ट्र संघिय संस्थाले जनाएको छ । घरेलु महिला कामदारका रुपमा खाडीमा काम गर्न गएका मध्ये पछिल्लो डेढ वर्षको अवधिमा मात्र , ८२ जना नेपाली महिलाले आत्महत्या गरेका छन् ।
महिलासम्बन्धी काम गर्ने राष्ट्रसंघीय निकाय युएन वीमनका अनुसार सन् २०११ जनवरी यता खाडी क्षेत्रमा कार्यरत ८२ जना नेपाली महिलाले आत्महत्या गरेका छन् । कतार, साउदी अरेबिया, युएई र कुवेतमा गरेको अध्ययनबाट आत्महत्याको दर बारे जानकारी आएको युएन वीमनकी दक्षिण एसिया संयोजक सरु जोशीले बताउनुभयो । युएन वुमनका अनुसार १८ महिनाको अबधिमा २ हजार ८ सय २२ नेपाली महिला कामदारलाई दयनीय अबस्थामा उद्धार गरिएको छ ।
खास गरि अबिबाहित नेपाली चेलीहरुमाथि रोजगारदाताबाट यौन शोषण हुने दर निकै उच्च रहेको अध्ययनमा देखिएको छ । यो अबधिमा २५ जना नेपाली चेलीहरु रोजगारदाताको यौनशोषणपछि गर्भ बोकेर घर फकिर्एका छन् । खाडी क्षेत्रमा करिव साढे दुई लाख नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको अनुमान गरिएको छ । बैदेशिक रोजगार बिभागले भने खाडी क्षेत्रमा ५७ हजार नेपाली महिला कामदार रहेको बताएको छ । सन् २००७ यता मात्र बिभागले महिला कामदारको तथ्याङक राख्न थालेको हो ।

अनैतिक सम्बन्ध राखेको भन्दै नाताले देवर-भाउजु पर्ने गाउँ निकाला


सिरहा, असोज २१ । अनैतिक सम्वन्ध राखेको भन्दै सिरहाको अयोध्यानगरका विवाहिता महिला र युवालाई गाउँ निकाला गरिएको छ । पञ्चहरुले दुवै जनालाई केस काटेर कालोमोसो र जुताचपलको माला लगाएर गाउँ निकाला गरेका हुन । गाउँ निकाला गरिएपछि नातामा देवरभाउजू पर्ने उनीहरू दुई दिनदेखि विष्णुपुरकट्टीस्थित केटापक्षको आफन्तको घरमा शरण लिएर बसेका यहाँस्थित मानवअधिकार सञ्जालले जनाएको छ ।
अयोध्यानगर-९ मा बसेको पञ्चायतीले विवाहिता रामकुमारी (नाम परिवर्तन) ले नातामा देवर पर्ने अविवाहित युवकसँग अनैतिक सम्बन्ध राखेको भन्दै जुत्ताको माला लगाएर गाउँ निकाला गरेको मानवअधिकार रक्षक देवकुमारी महराले बताइन्। केस काटेर, जुत्ताको माला लगाएर दिनदहाडै अमानवीय रूपमा सडकमा घुमाउँदा पनि प्रहरी रमिते बनेको अधिकारकर्मी सुनिलकुमार साहले आरोप लगाए। सञ्जालले शनिबार पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ, ‘इलाका प्रहरी कार्यालय गोलबजारका सई नेतृत्वको टोली पञ्चायती भएको ठाउँमा थियो। जुत्ताको माला र गाउँ निकालाको निर्णयपछि टोली त्यहाँबट निस्केको थियो।’
घटनाबारे त्यस क्षेत्रका सई जानकार रहेका महिला अधिकारवादी महराले बताइन्। उनले भनिन्, ‘पीडितले प्रहरी गुहार्दा समाजको निर्णय भएकाले कसैले काट्न सक्दैन भन्दै फर्कायो।’
ज्यादती गर्नेमाथि प्रहरीले कारबाही नगरेको पीडित महिलाको भनाइ छ। उनले भनिन्, ‘पीडिकलाई कारबाही त परै जाओस्, अझै आफ्नै ज्यानको खतरा छ। शंकाकै भरमा समाजका सीमित मान्छेले गरेको फैसलालाई प्रहरी प्रशासनले समर्थन गर्‍यो, अब कोसँग न्यायको आस गर्नु।’
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी कृष्णहरि शर्माले महिलालाई दुव्यर्वहार गरी गाउँ निकाला गर्नेमध्ये राजेन्द्र यादवलाई पक्राउ गरी जिल्ला अदालतवाट म्याद थप गरेको जानकारी दिए । पाँचजना अझै फरार रहेको उनले बताए।
राष्ट्रिय महिला आयोगकी सदस्य मानो अन्सारीले भनिन्, ‘ प्रहरीको रवैया हेर्दा जंगली राज्यजस्तो लाग्यो। समाजलाई यस्तो फैसला गर्ने अधिकार छैन।’ घटनाका नाइके भनेर पुष्पलाल तामाङको नाम आएको उनले बताइन् ।
वैशाखदेखि असोजसम्म सिरहामा ६३ वटा महिला हिंसाका घटना भएको छन्, जसमध्ये यौनशोषणका २, बहुविवाहका ८, बोक्सीका ३, बलात्कारको एका र बाँकी घरेलु हिंसाका छन्। (नागरिक समाचार )

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger