परमाणु होइन् पहिले साइबर आक्रमण गर्देछ उत्तरकोरिया

२५ चैत, एजेन्सी । दक्षिण कोरिया र उत्तर कोरियाबीच युद्ध हुने सम्भावना बढ्दै गएको भनिएका बेला उत्तर कोरिया भने अर्कै धुनमा रहेको बताइएको छ । अमेरिकी सेनाको उपस्थितिमा दक्षिण कोरिया उत्तर कोरियामा आक्रमण गर्न तयार रहेको समाचारहरू आइरहेका बेला उत्तर कोरिया भने पहिले आक्रमण भन्दा पनि अमेरिकाको पुरै सिस्टम नै बर्बाद गर्न चाहन्छ । यदी अमेरिकाका संस्थाहरूमा साइबर आक्रमण गर्न सके अमेरिकालाई निकै ठूलो धक्का लाग्ने भन्दै उत्तर कोरिया त्यसका लागि जुटेको बताइएको छ ।

 दक्षिण कोरियासँग मिलेर आफूलाई एक्लो पार्दै आफूलाई समाप्त पार्न खोजेको भन्दै पहिले परमाणु आक्रमण नगरी साइबर आक्रमण गर्ने जसले अमेरिकाको व्यवस्था अस्तव्यस्त हुनेछ । उत्तर कोरियाले यदी अमेरिकाका सरकारी निकायमा साइबर आक्रमण गर्न सके अमेरिकालाई कमजोर बनाउन सकिने र युद्धमा भन्दा अमेरिकाले त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएपछी दक्षिण कोरियासँग युद्ध भएपनि आफूहरूलाई निकै फाइदा हुने विश्लेषणका साथ उनीहरू साइबर आक्रमणका लागी जुटेका छन् । अमेरिकाले यसबीचमा गर्ने भनिएको क्षेप्यास्त्र प्रक्षेपण समेत रोकेको छ । आज भोलीमा गर्ने भनिएको उक्त प्रक्षेपणले स्थितिलाई झन् जटिल बनाउने भन्दै उक्त कार्यक्रम रोकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । यस्तै, यता अमेरिकाले भने चीनलाई उत्तर कोरियालाई रोक्न या उत्तर कोरियामाथी आक्रमण गरेर स्थितिलाई नियन्त्रणमा लिन आग्रह गरेको छ । जापानले पनि आफ्नो तर्फ हुन सक्ने मिसाइल रोक्नकालागी आफ्ना सेनालाई तयार रहन समेत आदेश दिइसकेको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger