
यो ब्रासलेट लगाउने व्यक्ति जब खतराजनक स्थितिमा पुग्छ तब यसमा जडित फोन तथा स्याटेलाइट प्रणालीले त्यसको सूचना प्रवाह गर्दछ ।
यस्तो चेतावनी युक्त सन्देश फेसबुक तथा टि्वटरमा प्रवाहित हुन्छ । त्यस्तो सूचना सम्बन्धित निकायले प्राप्त गर्ने भएकाले चेतावनीयुक्त सूचना पाउने बित्तिकै जोखिमपूर्ण स्थितिमा रहेका मानव अधिकारकर्मी तथा सहायताकर्मीहरुको तत्काल उद्दार गर्न सकिने सम्भावना रहन्छ ।
यहीँ हप्ताभित्रमा यो उच्च प्रविधियुक्त ब्रासलेट सार्वजनिक गरिने सिभिल राइट डिफेन्डर नामक मानव अधिकारवादी संस्थाले जनाएको छ ।
|