केराले बचाउँछ हृदयाघातबाट
प्रसस्त केरा खाने मान्छेमा हृदयाघात तथा अन्य मुटुजन्य रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार केरा लगायत पोटासियम पाइने फलफूल नियमित खाने तथा नुन बढि हुने विभिन्न खाले ड्राइ फुड कम खाने मानिसमा हृदयाघातको खतरा कम हुन्छ । पोटासियम पर्याप्त हुने फलफुलले रक्तचाप कम गर्न मद्दत गर्ने र नुनको सेवन घटाउँदा अझ फाइदाजनक हुने शोधकर्ताहरुको भनाइ छ । अध्ययनले पोटासियम पाइने फलफुल प्रसस्त खाने मानिसमा हृदयाघातको जोखिम २४ प्रतिशतले कम हुने पनि देखाएको छ ।

|