अमेरिकाको न्युयोर्कका सडकमा मागेर बस्ने एक जना घरबारवीहिन भिखारीलाई गएको वर्ष न्युयोर्क सिटी पुलिसका अधिकारीहरुले एक जोर जुत्ता दिएको समाचार निकै चर्चित बनेको मात्र थिएन । टाइम्स स्क्वाएर क्षेत्रको सडकमा नोभेम्बरको ठण्डीमा नांगै खुट्टामा काँप्दै बसिरहेका भिखारीलाई जुत्ता मोजा दिने प्रहरी अधिकारीले वाहवाही पाएका थिए ।
अझ मगन्तेलाई जुत्तामोज दिइरहेको तस्वीर इन्टरनेटमा राखिएपछि त्यसले निकै ठूलो चर्चा बटुल्यो । त्यो तस्वीर फेसबुकमा त भाइरस जस्तै फैलियो । यो चर्चाले ती भिखारीको जिवनमा ठूलै परिवर्तन ल्याइदियो । उनीप्रति दया गर्नेहरुको भिड बढ्यो, त्यसपछि ती मगन्तेलाई सडकमा पैसा दिनेहरुको संख्या पनि बढ्यो । उनले त्यसपछि सडकमा दिनमै १ हजार डलर सम्म कमाउन थाले । उनलाई ३० जोर जुत्ता पनि शुभेक्षुक दानीले दिएका छन् ।
तर आफ्नो ढाडमा सुकुम्बासीको ट्याग भिरेर न्युयोर्कको सडकमा माग्ने र साँच्चीकै चर्चा समेत कमाएका यी भिखारी सुखसयल पूर्वक एक अपार्टमेन्टमा परिवार सहित बस्ने गरेको खुलासा भएको छ । एक पत्रकारले ती मगन्तेको यो करतुतको पर्दाफास गरेका हुन् ।
नांगा खुट्टा र ढाडमा घरबारवीहिन लेखेको ट्याग भिरेर बिहानै सडकमा माग्न आउने र बेलुकी सोही भेषमा थुप्रै रकम सहित आफ्नो दी ब्रोंसस्थित एक भवनको छैटौँ तलामा रहेको अपार्टमेन्टमा उनी सुत्न जाने गरेको तथ्य पत्रकारले फेला पारेका हुन् । ती भिखारीका परिवारले भने आफ्ना घरमा मूलीले त्यो गर्छन् भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् । ती मगन्तेको नाम हिलम्यान हो । हिलम्यानले आफुलाई सडकमा प्रहरीले दिएका महंगा जुत्ता घरमै लुकाएको बताए । आफुले सडकमा बसेर कोहीसँग कहिल्यैपनि मुखले नमागेको दाबी गर्दै आफ्नो हालत देखेर मान्छेले आफै पैसा दिने गरेको दाबी पनि गरेका छन् ।
|