हनुमान ढोकाको ढुकुटी खोलियो(केके फेला परे त पुरानो ढुकुटीमा)भिडियो खबर
काठमाडौं, चैत २४ । हनुमानढोका दरबारस्थित भण्डारखाल ढुकुटी आज खोलिएको छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित २३ सदस्यीय समितिका पदाधिकारीमध्ये २१ सदस्यको रोहवरमा आज मुल ढुकुटी खोलिएको हो। ढुकुटीभित्र अनुमान गरिएभन्दा धेरै मात्रामा चाँदी र विभिन्न धातु फेला परेको जनाइएको छ । दरबार परिसरको झाडीमा रहेको पुरानो घरभित्रको यो ढुकुटी खोल्न टोलीलाई निकै समय लागेको थियो । फलामे ढोकाभित्र रहेको दुईवटा ढुकुटीमध्ये पहिलो ढुकुटीमा केही पनि फेला परेन । तर दोस्रो टुकुटीमा भने बहुमूल्य धातुका सामाग्रीहरू, धातु तथा काठका बाकस फेला परेका छन् । हेर्नुस भिडियो खबर
|