फास्ट ट्र्याक खोलिएपछि स्थानीय जनता दङ्ग भिडियो खबर

 २९ चैत, काठमाडौ । नेपाल सरकारले घोषणा गरेका १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एक नम्बरमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रारम्भिक ट्र्याक खोलिएको छ । सरकारले द्रुतमार्गको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई २०६६ सालमा दिएको थियो । छयहत्तर किलोमिटर लामो द्रुतमार्ग काठमाडौँ–ललितपुर–मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ । दायाँ बायाँ ५०/५० मिटर चौडाको द्रुतमार्ग चार लेनको हुनेछ । 

अगामी पुस महिनादेखि निर्माण कार्य प्रारम्भ भई पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त राजमार्गको कुल निर्माण लागत रू ७६ अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त द्रुतमार्गमा साना ठूला गरी ९६ वटा पुल निर्माण गरिनेछन् । सो द्रुतमार्गमा निर्माण हुने सबै पुलको लम्बाइ मात्र जोड्दा पनि ९.६ किमीको हुनेछ । यस्तै मकवानपुरको ठिङ्गनमा १.६ किलोमिटर लामो सुरुङसमेत निर्माण गरिनेछ । निजी साझेदारीको अवधारणाअनुरुप सञ्चालन हुने द्रुतमार्ग निर्माणका लागि सरकारले पनि केही रकम व्यहोर्नेछ । उक्त मार्ग निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेकामा तीन वटा कम्पनीले त्यसमा मन्जुरी देखाइसकेको बताइएको छ । हेर्नुस भिडियो

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger