केही दिनअघि एक युवतीले १३ हजार वटा आलुका दाना खाएको समाचार आएको थियो । खन्चुवाहरुको यो अध्याय सकिएको रहेनछ क्यारे । अर्की यस्तै खञ्चुवा बेलायती युवतीको बारेमा पनि अनौठो समाचार सार्वजनिक भएको छ ।
बेलायतकी एक जना युवतीले एक वर्षमा यतिधेरै चाउचाउ खाइन् की उनले खाएको चाउचाउ एकमात्र त्यान्द्रोमा जोड्ने हो भने त्यो ३० माइल लामो बन्दछ ।
१८ वर्षकी जियोर्गी रिडम्यानलाई अरु खाना खान डर लाग्ने भएकाले उनले केवल चिकेन चाउचाउ मात्र खान्छिन् । बढि चाउचाउ खाने बानीले उनमा कुपोषणको लक्षण देखिइसकेको र उनमा रक्तक्यान्सरको समेत लक्षण देखिएको चिकित्सकहरुले बताएका छन् ।
सेलेक्टिभ इटिङ डिस्अर्डर नामको रोगबाट पीडित ती युवती दश वर्षअघि फुड प्वाइजनिङ बाट गम्भीर विरामी परेपछि उनलाई खाना खान डर लाग्न थालेको थियो । त्यसयता उनलाई अरु खाना खान निकै डर लाग्ने गर्छ र केवल चाउचाउ मात्र खान्छिन् ।
|