सिनेमा नगरीमा भविष्य नदेखेर हराएँ म : स्वेता भट्टराई

चलचित्र ‘रिदम’ ले अहिले बजारमा राम्रो चर्चा पाइरहेको छ । सिनेमाले काठमाण्डौका केही मल्टिप्लेक्स हलमा ५१ दिन मनाउने तयारी पनि गरेको छ । तर यस चलचित्रकी नायिका स्वेता भट्टराई भने गुमनाम जस्तै छिन् । ‘रिदम’ को प्रचारप्रसारमा उनी कत्तै पनि देखिइनन् ।उनले नै अभिनय गरेको चलचित्र ‘प्रोड्युसर’ पनि प्रदर्शनको लागि तयार भएको छ । तर स्वेता भने सिनेमाको कुनै पनि कार्यक्रममा उपस्थित भएकी छैनन् ।  ‘म केही हतारमा सिनेमा नगरीमा आएकाले पछि सरेकी हुँ ।’ उनले सिने नगरीमा भविष्य बन्न नसक्ने भन्दै तत्कालका लागि कुनै पनि सिनेमामा काम नगर्ने भनाई सार्वजनिक गरिन् । ‘प्रोड्युसर’ को छायांकन लगतै आफू पढाइको सिलसिलामा भारत गएको उनको तर्क छ । पढाई पुरा नगरी आउदा भोली यता न उता भइन्छ भन्ने पिर उनलाई छ । स्वेताले भनिन्, ‘सिनेमा नगरीलाई भविष्य नै सोचेर आउने अवस्था नभएकाले पनि पढाई पुरा गर्ने तयारीमा लागेको हुँ ।’
 
उनले आफुले सिनेमा नगरी नछोडे पनि तत्कालका लागि कुनै पनि सिनेमामा काम नगर्ने उद्घोष गरिन् । यसअघि नायिका हषिर्का श्रेष्ठले पारिश्रमिक नपाएको भन्दै सिनेमा नगरीबाट पलायन हुनसक्ने संकेत गरेकी थिइन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger