उत्तर कोरियाको रकेटमाथि जापानले आक्रमण गर्ने

२५ चैत,एजेन्सी। उत्तर कोरियाले रकेट तयारी अवस्थामा राखेको खवरसंगै जापानले कडा प्रतिक्रिया जनाएको छ। जापानले आफ्नो सेनालाई उत्तर कोरियाको रकेट जापान तिर सोझिए खसाल्न आदेश दिइसकेको बताइएको छ । 
जापानको योम्युरी समाचारपत्र र जिजि न्युज एजेन्सीले सरकारी स्रोतको हवाला दिँदै जापान रक्षा मन्त्री इत्सुनोरी ओनोडोराले यस्तो आदेश दिएको बताएका छन्। मन्त्रीको आदेशले सर्वसाधारणमा चिन्ता बढ्ने भएकाले जापान सरकारले यसलाई सार्वजनिक नगरेको बताइएको छ। जापानी सेनाले सि बेस्ड इन्टरसेप्टर जापानी समुन्द्रमा तयार राखेको बताएको छ ।

 यदी उत्तर कोरियाको रकेट जापान तिर आएमा यसले रोक्ने बताइएको छ। दक्षिण कोरियाका समचार सस्थाले उत्तर कोरियाले दुइवटा मध्यम दुरीका रेकेट मोबाइल लञ्चारबाट तयारी अवस्थामा राखेका बताएका छन्। ती रकेटहरु इस्टकोस्टमा गोप्यरुपमा राखिएको बताइएको छ। उत्तर कोरियाको रकेटको मारक क्षमता भित्र जापान समेत पर्ने भएकाले जापानमा तनाव बढेको हो। उत्तर कोरियासंग रहेका मिसाइलहरुले ४ हजार किलोमिटरसम्म मार हान्न सक्ने बताइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger