‘बर्बाद’ मा २ खालका सेक्स दृश्य
चलचित्र सेन्सर बोर्डको धकधकीले सिनेमा बनाउनेहरुलाई छोडेको छैन । सेन्सरले काट्छ भन्ने जान्दा जान्दै पनि चलचित्रका निर्माणकर्ताहरु भद्दा दृश्य राख्न पछि परेका छैनन् । तर पछिल्लो समयमा सेन्सरले यस्ता खालका दृश्यमा आपत्ती जनाउन थालेपछि निर्माणकर्ताहरु पनि चलाखी गर्न थालेका छन् ।चैत्र २३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बर्बाद’ अहिले चर्चामा छ । सेक्स केन्दि्रत यो सिनेमाका दृश्यहरुले बजार तताएका हुन् । चलचित्रमा करिब २ मिनेट लामा ६ वटा उत्तेजक दृश्य रहेको बताइएको छ । जिया केसी, जीके शर्मा, गणेश गिरी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रको वुधबार सेन्सर हुँदै छ ।
चलचित्रमा समावेश उत्तेजक दृश्यहरुलाई २ तरिकाले खिचिएको निर्माता जीके शर्माले बताए । उनले भने, ‘चलचित्रका केही उत्तेजक दृश्यकालाई २ तरिकाले खिचिएको छ, सेन्सरले निक्कै हट दृश्य राख्न मानेन भने सामान्य दृश्य समावेश गर्ने तयारी गरेका छौ ।’
नायिका जिया केसीसँग २ नायकले हट बेडसिनको दृश्य दिएका छन् । तर बेडसिनलाई सामान्य र उत्तेजक तबरले खिचिएको वुझिएको छ ।
यस्तै नायिका जिया केसीले ‘बर्बाद’मा आफूले ‘एटीएम’ लाई बिर्साउने दृश्य दिएको दाबी गरिन् । रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्रले सेक्सको प्यास मेट्न एक महिलाले परपुरुषसँग राख्ने सम्बन्ध देखाउन खोजेको छ ।
|