काठमाडौं,फागुन २१ । हृदयघातपछि थाइल्याण्डको बैंककमा उपचाररत पूर्व युवराज पारस शाहलाई भेन्टिलेटरबाट बाहिर निकालिइएको छ । शाहको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई भेन्टिलेटरबाट बाहिर निकालिएको हो । हृदयघातपछि १३ दिन अघि अस्पताल भर्ना हुनुभएका शाहको शनिबार ११ दिनपछि होस खुल्नुका साथै हात खुट्टा चलेका थिए भने मान्छे समेत चिन्न थालेको समितिभेज अस्पतालले जनाएको थियो ।
सोमबार बिहानदेखि उनले बोल्न थालेको र आफैंले पानी पिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्......
|