पोष्टरमा नायिकाको ढाड देखाउने प्रथा बढ्दै
नेपाली सिनेमामा पछिल्लो समय सेक्स बिकिरहेको छ । नायिकालाई सकेसम्म धेरै नङ्ग्याउने सोचाइमा निर्माणपक्षहरु देखिन्छन् । यसैक्रममा चलचित्र ‘रोमान्स’ पनि यस्तै बिषयमा तयार भएको छ ।यसअघि नायिकाको ढाड देखाएर तयार भएको चलचित्र ‘लभ यू म्यान’ ले सेन्सरमा हैरानी बेहोरेको थियो । चलचित्र ‘रक्षा’ मा नायिका पुजना स्त्रिको ढाड देखाएको दृश्य सेन्सरले हटाउन भनेपछि निर्माणपक्षले नयाँ पोष्टर बनाएको थियो ।तर पनि निर्माताहरु नायिका नङ्ग्याएर पोष्टर तयार पार्न पछि परेका छैनन् । यसैक्रममा चलचित्र ‘रोमान्स’ को निर्माणपक्षले पनि नायिकाको ढाड देखाएर पोष्टर तयार पारेको छ ।
वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्रमा स्मिता थपलिया, समन्त आचार्य, आदित्य त्रिपाठी को अभिनय छ । चलचित्रका लागि एक हट फोटोसुट पनि गरिएको छ । जहाँ नायिका स्मिता थपलियाको पछिल्लो भागमा कपडा लगाइएको छैन । यो चलचित्र जेठ १० गतेबाट प्रदर्शनमा आउने बताइएको छ । सिनेमाको पोष्टरमा नायिका नङ्ग्याउने क्रम बढेपछी सेन्सरले यस बिषयमा कडाई गर्न थालेको छ ।
|