पारसको स्वास्थ्य हिजोकोभन्दा सुधार

काठमाडौ , फाल्गुन १८ - पूर्वयुवराज पारस शाहको स्वास्थ्य सुधारोन्मुख रहेको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पारसको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन् । 'उहाँको अवस्था हिजोकोभन्दा सुधारोन्मुख छ,' खड्काले भने । हृदयघात भएपछि पारसलाई फागुन ८ गते थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पताल भर्ना गरिएको थियो । पारसको स्वास्थ्यमा केही सुधारको संकेत देखिएको छ । तर चिकित्सकहरुले स्थिति 'स्थिर र गम्भीर'नै भएको बताउँदै आएका छन् । 
 स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि पूर्वराजदम्पत्ति ज्ञानेन्द्र, कोमल, श्रीमती हिमानी, छोराछोरीहरु हृदयेन्द्र, पूर्णिका, कृतिका पनि बैंकक गएका छन् । अमेरिकासहित विदेशमा रहेका आफन्त पनि बैंकक आएका छन् । बैंककमा राजावादीको दल शिव सेना नेपालका कार्यकर्ता पुगेका छन् । उनीहरुले बैंककमै पूजाअर्चना गर्ने गरेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger