करबाट बच्न डिभोर्स दिनेको लाइन

चीनमा एक नयाँ कानुन अनुसार आफ्नो सम्पत्तिमा लाइने करबाट बच्ने हो भने आफ्नो जीवनसाथीलाई डिभोर्स दिनु पर्ने भएको छ । नयाँ कानुनको फाइदा उठाउन पन्जिकरण कार्यालयमा चिनियाँ जोडीहरुको लामो लाइन लाग्ने गरेको छ । हालै मात्र आफ्नो श्रीमानसँग छोडपत्र गरेकी एक महिलाले आफू सम्पत्ति बेच्ने तयारीमा रहेको एपीलाई बताइन । 
 चीनको केन्द्र सरकारले घरको मूल्य कम गर्ने उद्देश्यले गत शुक्रबार केही नयाँ नियमको घोषणा गरेको थियो । जून नियम अनुसार आबासीय घरहरु बेच्दा हुने लाभमा २० प्रतिशत कर सरकारलाई तिर्नु पर्छ । तर, नयाँ नियमको एक प्रावधानको प्रयोगले ट्याक्सबाट बच्न सकिन्छ । कुनै दम्पत्तिसँग दुई घर छन र छोडपत्र गरेर एउटा आफ्नो नाममा गर्छन भने त्यो बेच्दा कर लाग्दैन र फेरि बिवाह गर्न सक्छन् । समाचार पत्र संघाई डेलीका अनुसार करबाट बच्न भन्दै डिभोर्स दिनेमा एक गर्भवती महिला पनि छन् । पन्जिकरण कार्यालयका एक अधिकारीलाई उदृत गर्दै समाचारमा लेखिएको छ-’महिलाले मलाई भनिन् कि सम्पत्ति बेच्दा हुने लाभमा लाग्ने करबाट बच्न मैले डिभोर्सको निर्णय गरेकी हुँ ।’ नयाँ नियम लागू भएसँगै डिभोर्स लिनेहरुको संख्या दोब्बर भएको सरकारी तथ्याङ्कहरुमा बताइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger