प्रचण्डले भने- म अभागी र असफल...

प्रचण्डले भने- म अभागी र असफल... 
११ चैत,काठमाडौ। नेपालका प्रखर राजनैतिक खेलाडी एमाओवादी अध्यक्ष प्रचण्डले आफू असफल भएको स्विकार गरेका छन्। तर उनले राजनितिमा नभइ साहित्यमा असफल रहेको बताएका हुन्। उनले आइतवार एक पुष्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई एक अभागी र असफल साहित्यकार भने। राजधानीमा गजलकार भक्ति रिजलाको बगान नामक गजल पुस्तकको विमोचन गर्दै प्रचण्डले स्टालिन जस्तै आफू पनि साहित्यमा रुची हुँदा हुदै राजनैतिक व्यस्तताले गर्दा साहित्यमा कलम चलाउन नसकेको बताएका थिए।

  उनले एक अभागी र असफल नेपाली साहित्यकार रुपमा आफूलाई दर्श्याउँदै आफ्नो जीवनको सुरुवात राजनीति भन्दा पनि साहित्यबाटै नै सुरु भएको बताए । 'गाउँमा नाच्न गाउन म निकै अगाडि सरिक हुन्थ्ये, अहिले पनि कतै वाजा बज्यो भन्यो म नाचुँ नाचुँ जस्तो लाग्छ,' प्रचण्डले कुरा खोले। जीवनमा साहित्य र रोमान्स नहुने मान्छेको जीवन अपुरो हुने पनि उनले बताए । प्रचण्डले जनयुद्धको कालमा पनि समयको अभावले केहि गर्ने नसेको दुखेसो पोखे। प्रचण्डले साहित्यमा रुची नभएको मान्छे राजनितिज्ञ हुनै नसक्ने पनि बताए। 'भावुक मान्छेले राजनीतिक गर्छ, साहित्यमा भावुकता हुन्छ, समाजका विकृति विसंगीतिर साहित्यका माध्यमबाट उजागर गर्छ,' प्रचण्डले बताए। कार्यक्रमा प्रचण्डले राजनिति निकै बिग्रिएको र त्यसलाई सवै मिलेर सपार्न पर्ने पनि बताए ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger