१४ चैत, चलचित्र भवनमा चलचित्र हेरिरहँदा केहि दृश्यहरूमा मानिस हास्नु स्वभाविक हो । हलमा अझ हास्य प्रधान चलचित्र वा कार्टुन नै छ भने त झन् हाँसो ठूलो हुने नै भयो तर बेलायतमा एक ७ वर्षीय बालिकालाई धेरै हासेको भन्दै हलका गार्डहरुले हलबाट निकालिदिएका छन् ।
आफ्नी आमा एमा लुसीसँग चलचित्र हेरिरहेकी ७ वर्षीय बालिका सिएन्ना ब्राउनलाई गार्डहरूले हलबाट निकालिदिएका हुन् । कार्टुन द क्रुड्स हेरिरहेकी बालिका सिएन्ना निकै हासेकी थिईन् । उनको उक्त हाँसोले हलको मर्यादालाई तोडेको भन्दै इमालाई आफ्नी छोरीलाई हलबाट बाहिर लान हलका गार्डहरूले आग्रह गरेका थिए ।
इमाले अन्य बालबालिका पनि हाँसिरहेको बताउँदै आफ्नी छोरीलाई मात्र उनीहरुले हासेको देखेकोमा आक्रोश पोखेकी थिइन् । यद्यपी उनी छोरीलाई बाहिर लिएर निस्किइन् ।
|