पूर्वसञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा १३ महिना जेल सजाय भुक्तान गरी सोमबार रिहा भएका छन् । सार्वजनिक पदमा रहँदा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको ठहर गरी सर्वोच्च अदालतले गुप्तालाई ९ फागुन ०६८ मा डेढ वर्षका लागि जेल पठाएको थियो । उनी बहालवाला मन्त्री रहेकै अवस्थामा जेल गएका थिए । उनी आफँै सर्वोच्चमा हाजिर भएकाले उनलाई सजायमा २० प्रतिशत कट्टा गरिएको थियो । अदालतको फैसलापछि डिल्लीबजारस्थित सदरखोरमा थुनिएका उनी एक वर्ष एक महिना बिताएर रिहा भएका हुन् ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी ढंगले सम्पत्ति कमाएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर
गरेको थियो ।
|