पुजना र खुशीको जवानी हेर्न बाबु आमा

चाहिने चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रक्षा’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको यो सिनेमाले ३ दिनको कसरत पछि बल्ल सेन्सरबाट प्रदर्शन अनुमती पाएको हो ।यो सिनेमा हेर्नका लागि अब १६ बर्षभन्दा मुनिका बालबालिकाले आफ्नो बाबु आमालाई सँगै हलमा लानु पर्ने हुन्छ । चलचित्रमा समावेश पुजना स्त्रिको उत्तेजक बेडसिनलाई सेन्सरले केही छोटो बनाउन भनेको छ । तर अर्की कलाकार खुशी थापाको उत्तेजक बेडसिनका बारेमा बोर्ड केही नबोलेको निर्देशक गिरीको भनाई छ ।

चलचित्रमा समावेश केही संवादमा विप राख्ने गरी सेन्सरले ‘रक्षा’ लाई पीजी सर्टिफिकेट दिएको हो । राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल, सुशान्त कार्की, सारिका घिमिरे लगायतका कलाकारले अभिनय गरेका सिनेमालाई पबन बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्र देशभरका ३० भन्दा बढी हलमा एकसाथ प्रदर्शनमा आउनेछ ।
 scource: ओनलाइनखबर  
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger