मुसाले खायो कार ....

मुसाले अन्नपात खाएको, लुगाफाटो काटिदिएको कुरा त हामीले देखे भोगेकै हो । तर बेलायतमा भने मुसाले कार नै खाइदिएको छ । सफोल्क क्षेत्रमा बस्ने ७४ वर्षका जिल डेलानी नामकी महिलाले घरमा पार्किङ गरिराखेको गाडि मुसाका बथान आएर खाइदिएका हुन् । घरको कम्पाउण्डमा कार पार्किङ गरेर विदा मनाउन गएकी जिल विदा मनाएर केही हप्तापछि घर फर्किँदा उनको कार मुसाले सत्यनाश पारिदिएको थियो ।
 हुनत मुसाले कार खर्लप्पै खाएको भने होइन । तर अकल्पनीय रुपमा मुसाले कारका महत्वपूर्ण सामान खाइदिएको र केही चोरिदिएको थियो । मुसाले कारका पुर्जा खाइदिँदा झण्डै एक लाखको क्षति भएको जिलको भनाइ छ । मुसाले कारका इलेक्टि्रक पुर्जा देखि लिएर पेडलको रबर तथा सिट लगायतका भाग खाइदिएको थियो । मुसाले वाइरिङ सिस्टम तथा सिटबेल्टमा पनि निकै क्षति पूराइदिएको जिल बताउँछिन् । जिलले मुसाले खाइदिएको आफ्नो कार ग्यारेजमा बनाउन पठाइन् । साथै उनले विमा कम्पनीबाट क्षतिपूर्ति समेत लिइन् । ग्यारेजमा मेकानिक्सले ३ हप्ता लगाएर बल्ल त्यो कार ठिकठाक पारेको बताइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger