मुटु स्वस्थ राख्ने केही खाद्य पदार्थहरु ....

मुटुरोग पछिल्लो समयमा निकै खतरनाक स्वास्थ्य समस्या बनिरहेको छ । कम उमेरका तथा युवा वर्गमा समेत मुटु तथा रगत सम्बन्धी स्वास्थ्य समस्या टाउको दुखाइको विषय बनिरहेको छ । खासगरी तनावयुक्त जिवनशैली तथा असन्तुलित खानपान मुटुरोगको मुख्य कारण भएको बताइन्छ । त्यसैले जिवनशैलीमा सुधार तथा तनावबाट मुक्ति मुटुलाई स्वस्थ राख्ने उपाय हुन् । खानपानमा ध्यान दिन सकियो भने मुटुलाई स्वस्थ राख्न सकिन्छ । केही यस्ता खाद्यपदार्थ छन् जसको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।मुटुलाई स्वस्थ राख्न यी खानेकुरा निकै लाभदायी हुन्छन्: 
 कालो सिमी: 
कालो सिमीमा फोलेट, एन्टी अक्सिडेन्ट, म्याग्नेसियम तथा फाइबर लगायतका तत्व हुन्छन् । जसले रगतमा कोलेस्टेरोल तथा चिनीको मात्रा नियन्त्रण गर्छ । रेड वाइन: रक्तनलीलाई सफा गर्न तथा सरीरमा जमेको बोँसो पलाग्नका लागि रेड वाइन निकै कामयाबी हुन्छ । यसको नियन्त्रित सेवन स्वास्थ्यका लागि लाभदायी हुने बताइन्छ ।

माछा:
खासगरी सालमान माछाको नियमित सेवन मुटुको स्वास्थ्यका लागि लाभदायी हुन्छ । माछामा ओमेका ३ फ्याट्टी एसिड तथा डिएचके लगायतका तत्व पाइन्छ । ओमेगा थ्री ले उच्च रक्तचाप कम गर्छ । हप्तामा दुइवटा माछा खानु मुटुको स्वास्थ्यका लागि अनिवार्य मानिन्छ ।

 ओखर: 
दिनहुँ एकमुठी ओखर खानाले कोलेस्टेरोलको मात्रा कम हुने र मुटुका धमनीहरुमा खराबी हुने समस्या कम हुने बताइन्छ । ओखरमा ओमेगा थ्री, मोनोस्याचुरेटेड फ्याट तथा फाइबर पाइन्छ । 

 बदाम: 
दिनहुँ एकमुठी बदाम खाँदा सरीरमा फाइबरको आपूर्ति सन्तुलित हुने र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्ने विज्ञहरु बताउँछन् । बदामले कोलेस्टेरोलको मात्रा नियन्त्रित गर्ने र मधुमेहको जोखिम पनि कम गर्ने बताइन्छ । टोफु: तपाइँ पनिरको पारखी हुनुहुन्छ भने अब पनिर होइन टोफु खाने गर्नुहोस् । टोफुमा लवण, फाइबर तथा पोली स्याचुरेटेड फ्याट पाइन्छ जसले धमनीमा बोसो जम्न दिँदैन ।

 सखरखण्ड: 
सखरखण्डमा फाइबर, भिटामिन ए, तथा लाइकोपिन भन्ने तत्व हुन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रित गर्छ । सुन्तला: सुन्तलामा पोटासियम तत्व बढि हुन्छ जसले रक्तचाप नियन्त्रण गर्छ । साथै सुन्तलामा पर्याप्त फाइबर पनि हुन्छ । 

 गाजर: 
रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने तथा मधुमेहको खतरा कम गर्नुका साथै गाजरमा भएको घुलनशील फाइबरले कोलेस्टेरोलको मात्रा पनि नियन्त्रण गर्छ । जौँ: जौँ को रोटी खानाले यसमा हुने प्रसस्तै फाइबर तथा अन्य तत्वले कोलेस्टेरोल तथा रगतमा हुने चिनीको मात्रा नियन्त्रणमा पनि सहयोग गर्छ ।

 कफी:
 अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने जो मानिस दिनमा २ देखि ४ कप चिया वा कफी पिउँछन् उनीहरुमा मुटुरोगको सम्भावना कम हुन्छ । तर, मधुमेहका रोगीले भने चिया तथा कफी को सेवन गर्नु उचित मानिँदैन । ब्लाक कफिबढि फाइदाजनक हुन्छ । ग्रीन टी पनि निकै लाभदायी मानिन्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger