गल्फ राष्टभरीका कुकलाई पछि पार्दै नेपाली बने प्रथम विजेता
दुवईमा भएको पाँचतारे होटलहरुको गल्फको खाना बनाउने प्रतियोगितामा एटलान्टिक होटेल दुबईको पाम जुमेरा (palm jumeirah )मा कार्यरत नेपाली कुक भोलानाथ पाण्डे सर्बोत्कृष्टको (प्रथम) भएका छन । एसएलसी सम्म अध्ययन गरेका गुल्मी हर्मिचौरका पाण्डे कामको लागि इण्डियाको गोवामा मेरियट होटलबाट कुकको लागि किचेनमा छिरेका थिए ।

प्रतियोगितामा पहिलो परिकार १ घण्टामा ४ वटा प्लेटमा तयारी खानालाई बुनै पनि फरक छुट्टाउन नसकिने गरी सजाउर राखिने इमाररातस् कुजिन विरीयानी – माले विरीयानी) थियो ।
दोश्रोमा विफबाट अनेक किसीमका स्वादिष्ठ परिकारहरु र तेश्रोमा कुखुरा र माछालाई काटेर हड्डि, काडा र छालालाई भिन्न गरी केवल मासुमात्र २० मिनेटमा भागभाग गरी गल्फ बुचुरी सेक्सनबाट सर्बोकृष्ट भएका थिए ।
पाण्डेले गल्फबाट सहभागि सबै देशका पाँचतारे होटलका कुकमेनहरुलाई पछि पार्दे सर्वप्रथम भएका हुन ।
पुरस्कार बापत उनले एकहप्ताको लागि जर्मन भ्रमण गर्न पाउने भएका छन भने होटलबाट सम्मान तथा नगद रकम पनि प्रमप्त भएका छन ।
प्रतियोगितामा सर्बौत्कृष्ट भएकोमा होटल एटलान्टिकका सम्पूर्ण नेपाली स्टाफहरुले नेपाल र नेपालीको नाम राख्नन सफल भएकोमा खुसि व्यक्तगर्दै बधाई दिनु भएको होटलमा कार्यरत सुदिप बिडारीले जानकारी दिनु भएको छ
|