७ जनालाई लस्करै कुर्सीमा राखेर हत्या गर्ने किशोर पक्राउ...(फोटोसहित)

७ जनालाई लस्करै कुर्सीमा राखेर हत्या गर्ने किशोर पक्राउ...(फोटोसहित)
 मेक्सिकोको मोरेलियामा सात जनाको शव एकै ठाऊँमा भेटिएको छ । मोरेलियाको एक सडकमा सात जनाको शव कुर्सीमा रहेको अवस्थामा भेटिएको हो । ती सबै सातको जनालाई गोली लागेको मेक्सिकोका अधिकारीले जनाएका छन् । ती सबैलाई कुर्सीमा बसाएर गोली हानी हत्या गरिएको हुन सक्ने अधिकारीहरुको अनुमान छ । अधिकारीहरूले यसरी हत्या गर्नुको कारण बारे भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको बताएका छन् । उक्त घटनामा दोषी रहेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षिय ती किशोरलाई प्रहरीले उरूपान क्षेत्रबाट पक्राउ गरेको हो । यस्तै, त्यहाँ नजिकै अन्य ७ जनाको पनि शव भेटिएको बताइएको छ । 


Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger