पाहुना चरा नेपाल आउन थाले, काठमाण्डौमा कुहु कोइलीको चहलपहल

 गर्मीयाममा विश्वका विभिन्न देशबाट नेपालमा बसाइ सरी आउने फिरन्ते चराको चहलपहल सुरु भैसकेको छ । कटुसटाउके मुरलीचराहरू चितवन राष्ट्रिय निकुन्जमा देखापरेका छन् भने नेपालका चराहरूमध्ये अति सुन्दर मानिने र्स्वर्गचरी पनि चितवन राष्ट्रिय निकुन्ज आइपुगेको बताइएको छ । कुहु कोइली भने थाहै नपाइकन काठमाण्डौ उपत्यका छिरीसकेको छ चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो । यी चराहरूको आगमनसँगै लगभग ३०-४० चराका प्रजातिहरूको नेपाल भित्रिने क्रम शुरु भएको छ । यी चराका प्रजातिहरू भारत र अन्य दक्षिणपर्ूर्वी एसियाली मुलुकहरूबाट वर्षोनी नेपाल आउने गर्दछन् ।

 यसरी ग्रीष्मयाममा नेपाल भित्रिने लगभग सबै चराका प्रजातिहरूले नेपालमा बच्चा कोरल्ने गर्दछन् । गृष्मयाममा गर्मी छल्न नेपाल आउने चराका प्रजातिहरू मध्ये लगभग आधा संख्यामा कोइली प्रजातिका चराहरू हुन्छन् । नेपालमा पाइने १९ प्रजातिका कोइलीहरूमध्ये १५ प्रजाति गुँड नबनाउँने खालका रहेका पंक्षीविद् हेमसागर बरालको भनाई छ । ‘यी कोइलीहरू अरु चराका गुँडमा फुल पार्छन् र बच्चा हर्ुकाउँने कठिन कार्य अरुलाई थोपर्ने गर्दछन् । यसो गर्दा कोइलीहरूपनि बच्चा हर्ुकाउन कुनै प्रजात्रि्रति बढी भर पर्ने र तिनैलाई रोज्ने गर्दछन् । उदाहरणको लागि काफल पाक्यो कोइलीले चिबे चरालाईनै रोज्दछन् भने कोहो-कोहो गरि कराउने कालो रंगको कुहु कोइलीले कागलाई रोज्दछ । यसरी रोजेका चराहरूले आफ्नै सन्तानसरह कोइलीका बच्चाबच्ची हुकाईदिन्छन् ।’ बरालले भन्नुभयो । 

नेपालमा यसरी आइपुग्ने ग्रीष्म आगन्तुक चराका प्रजातिमध्ये जुरे कोइली निकै लामो दूरी तय गरेर यहाँ आईपुग्दछ । यहाँ आइपुग्ने केहि जुरे कोइली चराहरू अप्रिmकी महादेशबाट लगभग ५,००० किमी लामो दूरीको जोखिमपर्ूण्ा यात्रा तय गरेर नेपाल आइ पुगेका हुन्छन् । साधारणतया अरु प्रजातिहरूसंग कम प्रतिस्पर्धा गरि जीवन निर्वाहका लागि अनुकुल मौसम र खानाको खोजीमा चराहरू बर्साईसर्राई गर्ने चराविदको भनाइ छ । नेपालमा वर्षोनी मुख्यतया दर्ुइ खाले बर्साईसर्राई चराका लागि महत्वपर्ुण्ा छन् । हिउँदमा आउने हिउँदे आगन्तुक चरा र बसन्त ऋतुको आगमनसंगै नेपालमा बच्चा कोरल्न आउने ग्रीष्म आगन्तुक चराहरू । उत्तरी एसिया लगायतका उत्तरी ध्रुवका अधिकांस भागहरू हिउँले ढाक्न थालेपछि बच्चा कोरलेलगत्तै लगभग १५० प्रजाति अनुकुल मौसम र खानाको खोजीमा नेपालमा हिउँदे आगन्तुकका रुपमा भित्रिने गर्दछन् । यसको दाँजोमा वसन्त याममा प्रवेश गर्ने ग्रीष्म आगन्तुक चराको प्रजाति संख्या भने निकै कम छ । यी दुवै खाले चराका प्रजातिहरू नेपालमा लगभग छ महिना बस्ने गर्दछन् । चैत-बैशाखमा नेपाल आएका धेरै ग्रीष्म आगन्तुक चराहरू असोज सम्म यहाँ बस्ने गरेको पाइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger