पारसको उपचारमामात्र दैनिक ६ लाख खर्च

२२ फागुन, काठमाण्डौं । पूर्वयुवराज पारस शाहको उपचारमा दैनिक ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ । अस्पतालमा मात्र दैनिक दुईलाख भाट (करिब ६ लाख रुपैयाँ) खर्च हुने गरेको एनआरएन बैंककका महासचिव सुनील खड्काले जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्रको परिवार बस्ने होटलको शुल्कलगायत अन्य खर्च भने छुट्टै छ । यसबाहेक शाही नातेदारहरु पनि बैंककमै छन् ।
 पारसका साथीहरु भने केही बैंककबाट काठमाण्डौं फर्किएका छन् भने केही मंगलबार र्फकर्ने तयारीमा रहेका छन। हृदयघात भएपछि बैंकको समितिभेज अस्पतालमा उपचाररत पारसको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उनले आफै पानी पिउन र बोल्न थालेका छन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger