पुलिसलाई कुकुर भन्दा २ वर्ष

खोरमा बोल्दा प्वाच्च नबोल्नु भनेर बुढापाकाले भन्छन् । आगो ताप्नु मुढाको कुरो सुन्नु बुढाको भन्ने उखानलाई शिरोधार्य गर्दै बुढापाकाको यो उपदेश मान्ने हो भने भलो नै हुन्छ । विचारै नगरी जे पायो त्यहीँ बोल्दा कहिलेकाहीँ संकटै पर्नसक्छ । बोल्दा मात्र हो र ? कहिलेकाहीँ गित गाउँदा पनि ध्यान दिनुपर्ने रहेछ । जे पायो त्यहीँ शव्द भएको गीत गाउँदा समेत कहिलेकाहीँ ठूलै सजाय भोग्नुपर्दो रहेछ । यस्तै भएको छ ट्युनेशियाका एक गायकलाई ।

  र्याप गित गाउने एक ट्युनेशियाली गायकले २ वर्षको जेल सजाय पाएका छन् । ती गायकले आफ्नो गितमा पुलिसलाई अपमानजनक शव्दको प्रयोग गरेको ठहर गर्दै अदालतले यस्तो सजाय सुनाएको हो । वेल्ट एल फिप्टिन नामका ती गायकले गाएको गितमा पुलिसलाई कुकुर भनिएको छ र पुलिसले हिंसा फैलाइरहेको आरोप लगाइएको छ । अदालतबाट सजाय सुनाइएका गायक पक्राउ परिने डरमा अहिले फरार रहेको बताइएको छ । गित गाएको आरोपमा कलाकारलाई जेल सजाय सुनाइएपछि ट्युनिसियामा फेरी वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको बहस सुरु भएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger