वैज्ञानिकले बनाए सबैभन्दा हलुका पदार्थ (फोटोफिचर सहित)

चिनिया वैज्ञानिकहरुले सबैभन्दा हलुका ठोस पदार्थको आविष्कार गरेका छन् । चीनको हाङचोउस्थित चेचियाङ विश्वविद्यालयका अनुन्धानकर्ताहरुले यस्तो हलुका ठोस वस्तुको निर्मार्ण गरेका छन् जुन फूलको पुष्पदलमाथि मज्जाले अड्याएर राख्न सकिन्छ । उनीहरुले फक्रिएको चेरी फूलमाथि उक्त पदार्थ राखेर प्रस्तुत गरेका छन् । स्पन्ज जस्तो उक्त पदार्थ जमाइएको सुख्खा कार्वन तथा ग्राफिन अक्साइडबाट निर्माण गरिएको छ । ग्राफिन एरोजेल नाम दिइएको उक्त वस्तु विश्वमा अहिलेसम्म सबैभन्दा हलुका पदार्थ भएको बताइएको छ ।

प्रति घनसेन्टिमिटरमा केवल ०.१६ मिलिग्राम मात्र घनत्व भएको यो पदार्थको घनत्व हाइड्रोजन ग्यासको भन्दा केवल दोब्बर मात्र बढि छ ।
 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger