जिम्मेवारी पाएकोमा रेग्मी खुशी

काठमाडौ ,चैत १ प्रधानन्यायाधीश खिलराज रेग्मीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्नुभएको छपदभार ग्रहण गर्दै उहाँले राजनीतिक दलहरुकै सहयोगमा निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ । साथै उहाँले आफूलाई चुनाबी सरकारको जिम्मेवारी दिइएकोमा दलका नेताहरुप्रति आभारसमेत व्यक्त गर्नुभएको छ । यस अघि आजै खिलराज रेग्मीले राष्ट्रपति भवन शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको छ । राष्ट्रपति भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई मन्त्री माधव घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger