आज विभिन्न कार्यक्रमको आयोजना गरी,विश्व मिर्गौला दिवस मनाईदै..

 १ चैत, काठमाण्डौं । विश्व मिर्गौला दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । स्वास्थ्यका क्षेत्रमा क्रियाशिल विभिन्न संस्थाहरुले बेग्ला बेग्लै चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । ‘जीवनका लागि मृगौला उपचार’ भन्ने नाराका विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । नेपालमा सन २००६ सालदेखि मात्रै यो दिवस मनाउँदै आइएको छ । मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा हेलचेक्र्याइँ गरेकै कारण समस्या बढ्दै गएको छ । चेतनाको अभावले मिर्गौला रोगी बढ्दै तपाइँले मिर्गौला परीक्षण गराउनु भएको छ ? यो प्रश्न अब आफन्त र समाजलाई पनि सोध्नुहोस् । बाहिरबाट हेर्दा स्वस्थ्य देखिने तर भित्रभित्रै मिर्गौलाको जोखिममा तपाईं पनि पर्नुभएको हुन सक्छ ।kidney-day याद गर्नुस् ग्रामीण भेगका अशिक्षित मात्र हैन सहरकै धेरै शिक्षित वर्ग र व्यक्तिहरूमा पनि चेतनाको अभावकै कारण नेपालमा मिर्गौला रोगीको जोखिम बढ्दै गएको छ । 

मानव शरीरको महत्वपूर्ण एवम् संवेदनशील अङ्ग मिर्गौलाको समयमै पहिचान र उपचारमा हेलचेक्र्याइँ गरेकै कारण यो समस्या आज बिकराल बन्दै गएको छ । दैनिक आहार, व्यवहार र जीवनशैलीमा ध्यान नदिएका कारण यो रोग घट्नुको साटो बढ्दै गइरहेको छ । कतिपय अवस्थामा उच्च रक्तचाप, मधुमेह, मोटोपना र चेतनाको अभावकै कारण मिर्गौला रोगी बढेको विज्ञहरू बताउँछन् । चेतना अभावकै कारण अन्तिम अवस्थामा मात्र बिरामी उपचार गर्न पुग्ने भएकाले मिर्गौला रोगीको सङ्ख्या बढेको बताउनुहुन्छ वरिष्ठ मिगौर्ैला रोग विशेषज्ञ ऋषिकुमार काफ्ले । आफू स्वस्थ छु भनेर बस्न नहुने र वर्षमा कम्तीमा पनि एकपटक मिर्गौलाको परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।

 राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशकसमेत रहनुभएका डा काफ्ले मिर्गौला बिग्रेपछि लाखाँै रुपैयाँ खर्चनुपर्ने बाध्यता भएकाले बेलैमा सजग हुनुपर्ने बताउनुभयो । खानपान र विहार मात्र नभई जन्मसिद्ध बच्चाको आमाको लापर्बाहीले पनि मिर्गौला रोगी हुने गरेको भन्दै उहाँले घर-घरमा मिर्गौला स्वस्थ राख्नेबारे अभिमुखीकरण गराउन जरुरी भएको उल्लेख गर्नुभयो । “मिर्गौला रोग नियन्त्रणका लागि अब उपचारको सुविधा बढाएर नभई शिक्षित र सुसूचित गराएरै जानुपर्ने जरुरी भएको छ, आर्थिक लगानी बचाउन र जोखिम कम गर्न नेपालजस्तो गरिब मुलुकमा मिर्गौला रोगीको सङ्ख्या घटाउनै पर्छ,”- डा काफ्लेले भन्नुभयो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger