गृह जिल्लामै जल्यो रेग्मीको पुत्ला ..

१ चैत पाल्पा । अन्तरिम चुनावी सरकारका प्रमुख खिलराज रेग्मीले सिंहदरबारमा पदभार ग्रहण गरेकै दिन उहाँको आफ्नै गृह जिल्ला पाल्पामा विद्यार्थीहरुले पुत्ला दहन गरेका छन् । राष्ट्रिय जनमोर्चासमर्थित अखिल छैठौं पाल्पाले तानसेन बजारमा रेग्मीको पुत्ला दशन गरेको हो । पुत्ला दहनको नेतृत्व अखिल छैठौंका केन्द्रीय सदस्य रेशम कँडेलले गरेका थिए । विहीबार छैठौंले रेग्मीको विरोधमा देशैभरि कार्यक्रम गरेको महासचिव घनश्याम न्यौपानेले  बताए । रेग्मीको पुत्लामा चारदलका प्रमुख नेताहरुको समेत तस्वीर जोडेर पाँचवटा टाउका बनाइएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger